Close Menu
    What's Hot

    ‘अरे, रे’ले निम्त्याउछ द्वन्द्व, निश्चित प्रमाण नभई सुनेको भरमा अरु कसैलाई नहोच्याउ ।

     नेपाली क्रिकेट : एसीसी पुरुष प्रिमियर कपको उपाधी जित्दै सन २०२७ जुनमा बंगलादेशमा हुने एसिया कपका लागी छनौट ।

    योगमाता केईको ऐकावा, महाँयोग फोउन्डेशन र पाइलट बाबा आश्रमद्धारा नेपालका बाढी पिडितको लागी राहत सहयोग ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २९ भाद्र २०८३, सोमबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २९ भाद्र २०८३, सोमबार

    नारायणगढ-मुग्लिन सडकमा आजदेखि निर्बाध सवारी चल्ने

    February 25, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौँ , १३ फागुन – चितवनको तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ-मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ ।

    नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले पहाड काट्ने काम लगभग सकिएकाले आजदेखि बाटो बन्द नगर्ने निर्णय भएको जानकारी दिए । ‘अब पहाड काट्न एक/दुई मिटर जति मात्र बाँकी होला। त्यसैले गाडी बन्द गरिरहनुपर्ने अवस्था छैन’, उनले भने ।

    तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्न गत वर्ष र यस वर्ष पुसदेखि दिनहुँ सडक बन्द हुने गरेको थियो । साठी मिटर अग्लो पहाड काट्न गत वर्ष गत पुस ५ देखि फागुन २० गतेसम्म दैनिक चार घण्टा बाटो बन्द गरिएको थियो । गत वर्ष जम्मा २५ मिटरमात्रै पहाड काटेर काम रोकिएको थियो । यस वर्ष गत पुस ७ गतेदेखि दिउँसो चार घण्टा बाटो बन्द गरेर पहाड काट्न सुरू गरिएको थियो ।

    तुइन खोलामा ६० मिटरको लम्बाइको पुल बन्ने आयोजनाका इन्जिनियर विजय दराईले जानकारी दिए । यस सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकै साथ ठेक्का लगाइएको थियो । अहिलेसम्म आठ पुल निर्माण भएर गाडी गुडिरहेका छन् ।

    छ पुलमा गाडी गुड्ने चरणमा आइपुगेका छन् । कडा चट्टानका कारण तुइन खोलाको पुल निर्माणमा समस्या आएको उनले बताए । विसं २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ । सडक विस्तार गरेसँगै यो सडकखण्ड नौदेखि ११ मिटर फराकिलो बनेको छ । तराईलाई राजधानीसँग जोड्ने यो प्रमुख सडकका रूपमा रहेको छ । यो सडकखण्ड भएर दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्दछन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    ‘अरे, रे’ले निम्त्याउछ द्वन्द्व, निश्चित प्रमाण नभई सुनेको भरमा अरु कसैलाई नहोच्याउ ।

    योगमाता केईको ऐकावा, महाँयोग फोउन्डेशन र पाइलट बाबा आश्रमद्धारा नेपालका बाढी पिडितको लागी राहत सहयोग ।

    राष्ट्रिय विज्ञापन संघ नेपालद्वारा नुवाकोटका बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण ।

    अनलाइनबाट मार्फत हुदै आएका सूचना तथा टेन्डर अब कागजी प्रक्रिया मार्फत ।

    काठमाडौँ महानगर पालिकाले जलन उपचारका लागि अस्पताललाई २ करोड र लक्षित वर्गलाई २ लाखसम्म निःशुल्क उपचार प्रदान गर्ने ।

    हिजो संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरेको सम्बोधन ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Main News

    ‘अरे, रे’ले निम्त्याउछ द्वन्द्व, निश्चित प्रमाण नभई सुनेको भरमा अरु कसैलाई नहोच्याउ ।

    ‘अरे, रे’ले निम्त्याउछ द्वन्द्व, निश्चित प्रमाण नभई सुनेको भरमा अरु कसैलाई नहोच्याउ । मिति २०८३…

     नेपाली क्रिकेट : एसीसी पुरुष प्रिमियर कपको उपाधी जित्दै सन २०२७ जुनमा बंगलादेशमा हुने एसिया कपका लागी छनौट ।

    योगमाता केईको ऐकावा, महाँयोग फोउन्डेशन र पाइलट बाबा आश्रमद्धारा नेपालका बाढी पिडितको लागी राहत सहयोग ।

    राष्ट्रिय विज्ञापन संघ नेपालद्वारा नुवाकोटका बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना