Close Menu
    What's Hot

    ‘अरे, रे’ले निम्त्याउछ द्वन्द्व, निश्चित प्रमाण नभई सुनेको भरमा अरु कसैलाई नहोच्याउ ।

     नेपाली क्रिकेट : एसीसी पुरुष प्रिमियर कपको उपाधी जित्दै सन २०२७ जुनमा बंगलादेशमा हुने एसिया कपका लागी छनौट ।

    योगमाता केईको ऐकावा, महाँयोग फोउन्डेशन र पाइलट बाबा आश्रमद्धारा नेपालका बाढी पिडितको लागी राहत सहयोग ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २९ भाद्र २०८३, सोमबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २९ भाद्र २०८३, सोमबार

    सभामुखको आह्वानमा आज दिउँसो बागमती प्रदेशको सर्वदलीय बैठक बस्दै

    February 25, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    हेटौँडा, १३ फागुन – बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकको आह्वानमा आज आइतबार दिउँसो बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बस्दै छ । बागमती प्रदेश सभा अन्तर्गतका समितिहरूको सभापति चयन, बजेटका सम्बन्ध प्रदेश सरकार र विपक्षी दलबिच भएको सहमति कार्यान्वयनलगायतका विषयमा विवाद कायम रहेकै अवस्थामा सभामुख पाठकले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।

    बागमती प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले लामो समयदेखि प्रदेश सभामा थाती रहेका विषयहरूमा छलफल गर्न आज दिउँसो २ः०० बजेका लागि सभामुखबाट सवदलीय बैठक बोलाउनुभएकोले बैठकको तयारी भएको जानकारी दिनुभयो । प्रदेश सभा अन्तर्गतका समितिहरूको सभापति चयन, प्रदेश सभाको हिउँदे अधिवेशन सञ्चालनलगायतका विषयमा छलफल गर्न सभामुख पाठकले बैठक बोलाउनुभएको प्रवक्ता गुप्ताले बताउनुभयो ।

    बागमती प्रदेश सभा गठन भएको १४ महिना पुग्दै लाग्दा अझै पनि प्रदेश सभा अन्तर्गतका समितिहरू नेतृत्वविहीन छ । एक वर्षदेखि थाती रहेको कतिपय विषयमा यसअघि बसेका सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएकोले सहमति जुटाउन पुनः बैठक आह्वान गरिएको हो ।

    विपक्षी दलहरूले प्रदेश सभा अन्तर्गतमा समितिहरूको सभापति चयन, प्रदेश सभालाई बिजनेस दिनुपर्ने, प्रदेश सरकारको काम प्रभावकारी नभएको, यसअघि सरकारले बजेट व्यवस्थापनका बारेमा विपक्षी दलहरूसँग गरेको प्रतिबद्धता कार्यान्वयन नगरेको लगायतका विषयमा आन्तरिक रूपमा दलबिच छलफल चल्दै आए पनि सहमति जुट्न सकेको छैन ।

    समितिको सभापति चयन, यसअघि सरकारले गरेको प्रतिबद्धता कार्यान्वयनलगायतका विषयमा सरकारको स्पष्ट खाका नै नल्याएको विपक्षी दलहरूको आरोप छ ।प्रदेश सरकार मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुखले यही फागुन १५ गते दिउँसो ३ः०० बजेका लागि आह्वान गर्नुभएकोले हिउँदे अधिवेशन सुचारु रूपमा सञ्चालन गर्न सहमति जुटाउनसमेत सभामुखले सर्वदलीय बैठक बोलाउनुभएको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    ‘अरे, रे’ले निम्त्याउछ द्वन्द्व, निश्चित प्रमाण नभई सुनेको भरमा अरु कसैलाई नहोच्याउ ।

    योगमाता केईको ऐकावा, महाँयोग फोउन्डेशन र पाइलट बाबा आश्रमद्धारा नेपालका बाढी पिडितको लागी राहत सहयोग ।

    राष्ट्रिय विज्ञापन संघ नेपालद्वारा नुवाकोटका बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण ।

    अनलाइनबाट मार्फत हुदै आएका सूचना तथा टेन्डर अब कागजी प्रक्रिया मार्फत ।

    काठमाडौँ महानगर पालिकाले जलन उपचारका लागि अस्पताललाई २ करोड र लक्षित वर्गलाई २ लाखसम्म निःशुल्क उपचार प्रदान गर्ने ।

    हिजो संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरेको सम्बोधन ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Main News

    ‘अरे, रे’ले निम्त्याउछ द्वन्द्व, निश्चित प्रमाण नभई सुनेको भरमा अरु कसैलाई नहोच्याउ ।

    ‘अरे, रे’ले निम्त्याउछ द्वन्द्व, निश्चित प्रमाण नभई सुनेको भरमा अरु कसैलाई नहोच्याउ । मिति २०८३…

     नेपाली क्रिकेट : एसीसी पुरुष प्रिमियर कपको उपाधी जित्दै सन २०२७ जुनमा बंगलादेशमा हुने एसिया कपका लागी छनौट ।

    योगमाता केईको ऐकावा, महाँयोग फोउन्डेशन र पाइलट बाबा आश्रमद्धारा नेपालका बाढी पिडितको लागी राहत सहयोग ।

    राष्ट्रिय विज्ञापन संघ नेपालद्वारा नुवाकोटका बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना