Close Menu
    What's Hot

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट बनेका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण

    रवि–बालेनबीच बुधबार बिहान लामिछाने निवास बुढानिलकण्ठमा भेटवार्ता ।

    व्यवसाहीको वार्षिक कारोबार हेरेर ग्यासको खुद्रा बिक्रीमा प्यान बिल पनि प्रयोग गर्न सक्ने : प्रवक्ता, नेपाल आयल निगम

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १३ कार्तिक २०८३, बिहीबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १३ कार्तिक २०८३, बिहीबार

    रवि–बालेनबीच बुधबार बिहान लामिछाने निवास बुढानिलकण्ठमा भेटवार्ता ।

    October 29, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    रवि–बालेनबीच बुधबार बिहान लामिछाने निवास बुढानिलकण्ठमा भेटवार्ता ।
    २०८३ कार्तिक १२, बिहिबार ।
    रास्वपा सभापति रवि लामिछाने भेट्न प्रधानमन्त्री बालेन शाह मुख्य सल्लाहकार कुमार बेनसहित रवि निवास बुढानिलकण्ठ गएका थिए । सभापति रवि लामिछानेबीच बूढानीलकण्ठस्थित लामिछाने निवासमा चार घण्टा लामो भेटवार्ता भएको थियो। उक्त बैठकमा विभिन्न विषयमा छलफल भएको अनुमान गरिएको छ । त्यस बैठकको निर्णय आज बस्ने मन्त्रिपरिषदको बैठकमा देखिने छ ।
    रवि–बालेनबीच चार घण्टा लामो छलफल, प्रहरी प्रमुखदेखि अध्यादेश र नियुक्तिसम्मका विषयमा कुराकानी
    प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बूढानीलकण्ठस्थित लामिछाने निवासमा चार घण्टा लामो भेटवार्ता भएको छ। बुधबार बिहान सवा १० बजेदेखि दिउँसो सवा २ बजेसम्म भएको भेटमा नेपाल प्रहरीको नेतृत्व, निजामती कर्मचारीसम्बन्धी अध्यादेश तथा विभिन्न विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायत विषयमा छलफल भएको बताइएको छ।
    ***प्रहरी महानिरीक्षकको बारे चासो***
    शुरुदेखि नै प्रधामन्त्री बालेन शाह र आईजीपी बिच धेरै आत्मियता नभएको अवस्था र उहाँका विषयमा मिडियामा आईरहेका समाचारहरुले गर्दा भेटवार्तामा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सम्बन्धी विषयले प्राथमिकता पाएको बताइएको छ। प्रहरी नेतृत्वमा सम्भावित परिवर्तन र नयाँ नेतृत्वका विषयमा प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच छलफल भएको स्रोतको दाबी छ।
    प्रहरी पोशाकलगायत विषयमा कार्कीसँग जोडिएका विवादबारे सिंहदरबारमा संसदीय उपसमितिको बैठक बोलाइएको सन्दर्भमा प्रहरी नेतृत्वको विषय थप चर्चामा आएको हो। रास्वपाले यस्ता विषयलाई आधार बनाएर प्रहरी नेतृत्व परिवर्तनका लागि दबाब दिन सक्ने आकलन गरिएको छ। प्रहरी प्रमुख परिवर्तन गर्नुपर्ने अवस्था आएमा सम्भावित नयाँ नेतृत्वका विषयमा प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच एकमत नरहेको स्रोतको दाबी छ। यसबारे दुवै पक्षबाट आधिकारिक पुष्टि भएको छैन।
    *** अध्यादेश र राजनीतिक नियुक्तिबारे छलफल ***
    भेटवार्तामा निजामती कर्मचारीसम्बन्धी अध्यादेश तथा केही जरुरी सरकारी निर्णयका विषयमा पनि छलफल भएको बताइएको छ। विभिन्न विश्वविद्यालयका पदाधिकारी नियुक्ति र अन्य महत्त्वपूर्ण राजनीतिक नियुक्तिका विषयसमेत छलफलको कार्यसूचीमा रहेको स्रोतले जनाएको छ। संवेदनशील विषयमा निर्णय लिनुअघि साझा धारणा बनाउने उद्देश्यले भेट लामो भएको स्रोतको भनाइ छ। तर कुन अध्यादेश वा नियुक्तिबारे के निर्णय भयो भन्ने विवरण सार्वजनिक भएको छैन।
    *** रविको भारत भ्रमणबारे  ***
    भेटमा सभापति लामिछानेको हालैको भारत भ्रमणका विषयमा समेत छलफल भएको बताइएको छ। लामिछानेले व्यक्तिगत प्रयोजनका लागि गरेको भ्रमणका क्रममा भएका गतिविधि र विषयबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएको स्रोतको दाबी छ। प्रधानमन्त्री शाहले मंसिरको पहिलो साता नयाँदिल्ली भ्रमण गर्ने तयारी तीव्र पारेको बताइएको छ। सरकारका केही मन्त्री तथा रास्वपाका नेताहरू पछिल्ला दिनमा भारत भ्रमणमा गइरहेका छन्। यी भ्रमण र द्विपक्षीय सम्बन्धका विषयमा भेटवार्तामा कुराकानी भएको हो वा होइन भन्नेबारे भने स्पष्ट जानकारी प्राप्त भएको छैन।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट बनेका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण

    जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापा बारे संसदीय समितिले थप अनुसन्धान गर्दै ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    साउदी अरेबियामा ड्रोनको अवशेष लागेर एक नेपाली नागरिक सहित २ जनाको मृत्यु ।

    आज विजया दशमीको दिन, टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट नवनिर्वाचित सभापति गगन थापाले गरे पदभार ग्रहण ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Main News

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट बनेका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट बनेका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण २०८३…

    रवि–बालेनबीच बुधबार बिहान लामिछाने निवास बुढानिलकण्ठमा भेटवार्ता ।

    व्यवसाहीको वार्षिक कारोबार हेरेर ग्यासको खुद्रा बिक्रीमा प्यान बिल पनि प्रयोग गर्न सक्ने : प्रवक्ता, नेपाल आयल निगम

    जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापा बारे संसदीय समितिले थप अनुसन्धान गर्दै ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना