नेपाली कांग्रेस १५औँ महाधिवेशन नयाँ नेतृत्व चयनका लागि आज मतदान, बिहानैदेखि मतदाता लाईनमा ।
२०८३ असोज २३, शुक्रबार ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि अहिले बिहानैदेखि मतदाता लाइहुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा लागेका छन् । मतदान बिहान ७ बजेदेखि शुरू हुने भए पनि मतदाता भने बिहानैदेखि लाइनमा लागेका हुन् । योसँगै हिजो मतदान गर्न नपाएका मतदातामा फेरि रौनकता छाएको छ। यसले कांग्रेस महाधिवेशन प्रतिनिधिमा फेरि ऊर्जा भरेको हो ।
खराब मौसम र प्राविधिक कारणसँगै ढिला मतदान शुरू गर्दा रातिमा मतदातालाई कठिन हुने भएकाले हिजो अपरान्हदेखि थाल्ने भनिएको मतदान मतदाताकै स्वास्थ्यलाई ख्यालमा राखेर आज बिहान सारिएको निर्वाचन समितिका सदस्यले बताए । एकजनाले २३ मतपत्रमा मतदान गर्नुपर्ने हुन्छ, त्यसकारण समय लामो लाग्न सक्ने छ ।

