असोज २१ गते बसेको मन्त्रिपरिषद्का निर्णयहरु
२०८३ असोज २२, बिहिबार ।
नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज २१ गते बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
१. राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने,
२. पोर्चुगल सरकारलाई काठमाडौंमा महावाणिज्यदूतावास स्थापना गर्न सहमति दिने,
३. भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,
४.वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,
५. विपद् सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,
६. बैठकले नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फका सहसचिव नवीनराज सिंहलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ।
७. नेपाल प्रशासन सेवा समूहीकरणतर्फका सहसचिव चक्रबहादुर बुढालाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय भएको छ ।
८.नेपाल लेखापरीक्षण सेवा समूहीकरणतर्फ नायब महालेखापरीक्षक चन्द्रकान्त भण्डारीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा बढुवा गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।
असोज २१ गते बसेको मन्त्रिपरिषद्का निर्णयहरु
1 Min Read


