यस पटकको नोबेल पुरस्कार प्रकाशबाट मस्तिष्कका स्नायु कोषिका नियन्त्रण गर्ने प्रविधिका लागि तीन वैज्ञानिकलाई
२०८३ असोज २०, मंगलबार ।
स्विडेनका अल्फ्रेड नोबेलले सन १९०१ देखि सुरु गरिएको नोबेल पुरस्कार यस पटक अमेरिकी कार्ल डिसेरोथ तथा जर्मनीका पिटर हेगेमन र जर्ज नागेलले सन् २०२६ को फिजियोलोजी तथा चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन्। उनीहरूले प्रकाशको प्रयोग गरी मस्तिष्कका स्नायु कोषिकालाई नियन्त्रण गर्न सकिने प्रविधि ‘अप्टोजेनेटिक्स’ विकास गरेका थिए। स्विडेनस्थित कारोलिन्स्का इन्स्टिच्युटको नोबेल सभाले सोमबार ५४ वर्षीय डिसेरोथ, ७१ वर्षीय हेगेमन र ७३ वर्षीय नागेललाई ‘प्रकाशबाट नियन्त्रित आयन च्यानल र अप्टोजेनेटिक्ससम्बन्धी खोज’का लागि पुरस्कार दिने घोषणा गरेको हो। नोबेल सभाका महासचिव थोमस पर्लम्यानले जीवित मस्तिष्कभित्र रहेका व्यक्तिगत स्नायु कोषिकाको गतिविधि प्रकाशको माध्यमबाट सक्रिय वा निष्क्रिय बनाउन अप्टोजेनेटिक्सले सम्भव बनाएको बताए।
‘यो विधिले जीवित मस्तिष्कमा रहेका व्यक्तिगत स्नायु कोषिकाको गतिविधि सुरू वा बन्द गर्न सम्भव बनाएको छ,’ उनले भने। नोबेल समितिकी सदस्य तथा आनुवंशिकीकी प्राध्यापक अन्ना वेडेलले यस खोजसँगै स्नायु विज्ञानमा नयाँ युग सुरू भएको बताइन्।
तीनै जना वैज्ञानिकले १ करोड २० लाख स्विडिस क्रोनर (करिब १२ लाख अमेरिकी डलर) पुरस्कार राशी बाँड्नेछन्। नोबेल पुरस्कारअन्तर्गत यस वर्ष भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य, शान्ति तथा अर्थशास्त्रतर्फका पुरस्कारको घोषणा आगामी दिनमा हुनेछ। सन् २०२६ को नोबेल शान्ति पुरस्कारको घोषणा शुक्रबार हुनेछ।
यस पटकको नोबेल पुरस्कार -प्रकाशबाट मस्तिष्कका स्नायु कोषिका नियन्त्रण गर्ने प्रविधिका लागि तीन वैज्ञानिकलाई
1 Min Read


