नारायणी नदीमा आएको भीषण बाढीका कारण पुलमा अड्कियो राइनोज क्रुज ।
२०८३ असोज ११, आइतबार ।
चितवनको भरतपुर र नबलपुरको गैडाकोट जोड्ने नारायणी नदीमाथीको पुलमा बाढीका कारण समस्या आएको छ । बाढीले बगाएको क्रुजसिप नारायणी पुलमुनि अड्किएपछि पुलमा आवतजावत पूर्णरूपमा बन्द गरिएको छ। उक्त कारणले गर्दा आवतजावत बन्द हुँदा पूर्वपश्चिम राजमार्गको सवारी आवगमन प्रभावित भएको छ। पुलभन्दा करिब १०० मिटर माथि बाधेर राखिएको क्रुजसिप आज अपराह्न ५ः३० बजेतिर बगौदा पुल मुनि गएर अड्किएको छ।
चितवननारायणगढ र नवलपुरको गैँडाकोट दुवैतर्फबाट पुलमा यातायात सञ्चालनमा रोक लगाइएको छ । पूर्व(पश्चिम राजमार्गको मुख्य जोड्ने बिन्दुमा यातायात रोकिएपछि दुवैतर्फ सयौँ सवारी साधन र यात्रुहरू बीचबाटोमै थन्किएका छन् । अहिले अड्किएको क्रुसिपलाई कसरी हटाउने भन्ने विषयमा अन्योल सिर्जना भएको छ । क्रुजसिपको आकार निकै ठूलो र पानीको बहाव उच्च भएकाले यसलाई सुरक्षित रूपमा पन्छाउन कठिन भइरहेको छ ।
‘क्रुजसिप निकै ठूलो भएकाले यसलाई क्रेन वा अन्य प्रविधि प्रयोग गरेर तानेर निकाल्न कतिको सम्भव हुन्छ रु भनेर प्राविधिकहरूसँग छलफल भइरहेको छ’, प्रमुख जिल्ला अधिकारी अर्यालले भने, ‘यदि तानेर निकाल्न असम्भव देखिएमा काटेर हटाउने विकल्पमा पनि विचार भइरहेको छ ।’ प्रशासनले प्राविधिक टोली, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा पुललाई सम्भावित क्षतिबाट जोगाउने प्रयास गरिरहेको छ । प्राविधिक टोलीको अन्तिम निष्कर्षपछि मात्रै क्रुजसिप हटाउने अन्तिम निर्णय लिइने जनाइएको छ ।



