Close Menu
    What's Hot

    ‘अरे, रे’ले निम्त्याउछ द्वन्द्व, निश्चित प्रमाण नभई सुनेको भरमा अरु कसैलाई नहोच्याउ ।

     नेपाली क्रिकेट : एसीसी पुरुष प्रिमियर कपको उपाधी जित्दै सन २०२७ जुनमा बंगलादेशमा हुने एसिया कपका लागी छनौट ।

    योगमाता केईको ऐकावा, महाँयोग फोउन्डेशन र पाइलट बाबा आश्रमद्धारा नेपालका बाढी पिडितको लागी राहत सहयोग ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २९ भाद्र २०८३, सोमबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २९ भाद्र २०८३, सोमबार

    राष्ट्रिय विज्ञापन संघ नेपालद्वारा नुवाकोटका बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण ।

    September 12, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    राष्ट्रिय विज्ञापन संघ नेपालद्वारा नुवाकोटका बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण ।
    २०८३ भाद्र २७, शनिबार ।
    रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको अप्रत्याशित बाढीका कारण घरबारविहीन भएका प्रभावित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) ले अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरेको छ।
    सरकारी राहत कोषमा १३ अर्ब भन्दा बढी रकम जम्मा भएपनि बाढी पिडित जनताहरु अहिले पनि विभिन्न शिबिर र आफन्तकोमा आश्रय लिई बसेको अवस्थामा बिज्ञापन एजेन्सिहरुको संस्था राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) तथा विज्ञापन व्यवसायीहरूबाट संकलित रकम सिधै पिडितहरुको हातमा पुग्नसकोस भनेर खरिद गरिएका राहत सामग्री बालाजुमा

    https://deskokhabar.com/wp-content/uploads/2026/09/5888f877-7d6c-447a-8de9-ed03fc6888ed.mp4

    आयोजित एक कार्यक्रमबीच विदुर नगरपालिका–७, तुप्चे, नुवाकोटका वडा अध्यक्ष रविन्द्र नेपालको संयोजकत्वमा कविन्द्र अधिकारी, बासु अधिकारी र सुदीप अधिकारीलाई हस्तान्तरण गरिएको हो। राहत हस्तान्तरण कार्यक्रममा बोल्दै नानका अध्यक्ष प्रदीपप्रसाद कोइरालाले प्राकृतिक विपद्को यस कठिन समयमा पीडित नागरिकको घाउमा थोरै भए पनि मलम लगाउनु सामाजिक दायित्व भएको बताए। ‘सेवा नै धर्म हो’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै अध्यक्ष कोइरालाले आगामी दिनमा पनि नानले यस्ता मानवीय तथा सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
    राहत सामग्री हस्तान्तरण कार्यक्रममा नानका संस्थापक अध्यक्ष धर्मेन्द्र काजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष अमृतकुमार पन्थी, कोषाध्यक्ष अरुण अर्याल तथा कार्यसमिति सदस्य अदिप पाठकलगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो। संघका तर्फबाट प्रभावित क्षेत्रका लागि झुल, जुत्ता–चप्पल, ब्ल्यांकेट तथा भाँडाकुँडा (थाल, कचौरा र गिलास) हस्तान्तरण गरिएको छ। राहत सामग्री बुझ्दै कविन्द्र अधिकारीले कठिन परिस्थितिमा विपद् पीडितहरूका लागि महत्त्वपूर्ण सहयोग पुर्‍याएकोमा राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) प्रति हार्दिक आभार व्यक्त गरे।
    उक्त राहत कार्यक्रममा विभिन्न संघ संस्थाहरु र व्याक्तिहरुले देश विदेशबाट सहयोग गरेका थिए । वडाको समन्वयमा पिडितहरुलाई आवश्यक पर्ने ग्यास चुलो, सिलिण्डर, सरसफाईका समान, भाँडाकुँडा, खाद्यय सामाग्री लगाएतका समानहरु वितरण गरिएको थियो । उक्त अवसरमा ४७ भन्दा बढि घरपरिवार लाभान्वित भएका छन । उहाँहरुको अवको चिन्ता आफन्तको गुमाएको पिडासँगै बाच्नेहरुकोलागी पुर्नस्थापना, बालबालिकाको पालनपोषण तथा शिक्षाको विषयमा सरकारले दिर्घकालिन योजना बनाएर व्यवस्थित गरिदियोस, यसरी सधै शिविर र आफन्तकोमा लामो समय बस्न नपरोस भन्ने रहेको छ ।

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    ‘अरे, रे’ले निम्त्याउछ द्वन्द्व, निश्चित प्रमाण नभई सुनेको भरमा अरु कसैलाई नहोच्याउ ।

    योगमाता केईको ऐकावा, महाँयोग फोउन्डेशन र पाइलट बाबा आश्रमद्धारा नेपालका बाढी पिडितको लागी राहत सहयोग ।

    अनलाइनबाट मार्फत हुदै आएका सूचना तथा टेन्डर अब कागजी प्रक्रिया मार्फत ।

    काठमाडौँ महानगर पालिकाले जलन उपचारका लागि अस्पताललाई २ करोड र लक्षित वर्गलाई २ लाखसम्म निःशुल्क उपचार प्रदान गर्ने ।

    हिजो संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरेको सम्बोधन ।

    सहिद र घाइतेका परिवारलाई आजसम्म किन सम्बोधन हुन नसकेको भन्दै संसदमा प्रश्न ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Main News

    ‘अरे, रे’ले निम्त्याउछ द्वन्द्व, निश्चित प्रमाण नभई सुनेको भरमा अरु कसैलाई नहोच्याउ ।

    ‘अरे, रे’ले निम्त्याउछ द्वन्द्व, निश्चित प्रमाण नभई सुनेको भरमा अरु कसैलाई नहोच्याउ । मिति २०८३…

     नेपाली क्रिकेट : एसीसी पुरुष प्रिमियर कपको उपाधी जित्दै सन २०२७ जुनमा बंगलादेशमा हुने एसिया कपका लागी छनौट ।

    योगमाता केईको ऐकावा, महाँयोग फोउन्डेशन र पाइलट बाबा आश्रमद्धारा नेपालका बाढी पिडितको लागी राहत सहयोग ।

    राष्ट्रिय विज्ञापन संघ नेपालद्वारा नुवाकोटका बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना