भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ नेपालमा ।
२०८३ भदौ ०१,सोमबार (नागे पञ्चमी)
भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चारदिने औपचारिक भ्रमण क्रममा आइतबार नेपाल आउनुभएको छ । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल आउनुभएका जनरल सेठसँग पत्नी तथा भारतीय सेनाको आर्मी वाइभ्स वेलफेयर एसोसिएसनका अध्यक्ष कोमल सेठसहित पाँच सदस्यीय भ्रमण टोली रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जनरल सेठलाई नेपाली सेनाका तर्फबाट स्वागत गरिएको थियो । नेपाल भ्रमण क्रममा उहाँले सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न ग्रहण गर्नुहुने कार्यव्रmम रहेको नेपाली सेनाले जनाएको छ । विक्रम संवत् २००७ देखि नेपाल र भारतका सेनाध्यक्षलाई एक अर्का देशमा मानार्थ सेनापतिबाट सम्मान गर्ने परम्परा रहेको छ । दुवै देशका सेनाबिच विपत् व्यवस्थापन, सैनिक तालिम, संयुक्त अभ्यास र क्षमता अभिवृद्धिका क्षेत्रमा निरन्तर सहकार्य हुँदै आएको छ ।
भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ नेपालमा ।
1 Min Read


