पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको स्वास्थ्यमा समस्या आएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डौ ल्याइदै ।
२०८३ साउन ३१, आइतबार ।
पूर्वाधार विकास मन्त्री सुनिल लम्साल शनिबार अबेर साँझ आफैँ गाडी चलाएर दार्चुलाबाट बैतडी सदरमुकाम पुगेका थिए । तर आज स्वास्थ्यमा समस्या आएपछि बैतडीबाट हेलिकोप्टरमार्फत धनगढी हुँदै काठमाडौँ ल्याइँदैछ। मन्त्री लम्साललाई नेपाली सेनाको हेलिकोप्टरमार्फत बैतडीबाट धनगढी ल्याइएको र अहिले थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको मन्त्रीको टोलीका प्राविधिक सल्लाहकार दिनेश रावतले जानकारी दिए। स्वास्थ्यमा समस्या आएर हिँड्डुल गर्न सक्ने अवस्था नभएपछि उनलाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो।
उनी नेतृत्वको टोली शुक्रबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लामा राजमार्ग तथा पूर्वाधारको अवस्थाको निरीक्षण गर्न आएको थियो। दार्चुलाबाट फर्किएपछि बैतडीका विभिन्न क्षेत्र हुँदै बझाङ जाने कार्यक्रमसमेत तय भएको थियो। स्वास्थ्यमा समस्या आएपछि भने उनको पूर्वनिर्धारित निरीक्षण कार्यक्रम प्रभावित भएको छ।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको स्वास्थ्यमा समस्या आएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डौ ल्याइदै ।
1 Min Read

