काठमाडौंमा सर्बसाधारणहरुलाई ६ हजार ८ सय भन्दा बढि सिलिन्डर ग्यास उपलब्ध र भोली कहाँ कहाँबाट ग्यास पाइन्छ ?
२०८३ साउन ३० गते शनिबार ।
लामो समयसम्म आधा सिलिण्डर ग्यास प्रयोग गरिरहेका उपभोक्ताहरुले आज बिहान काठमाण्डौका विभिन्न ठाँउहरुबाट ठुलो संख्यामा ग्यास पाएका छन । ग्यास नपाएका उपभोक्ताहरुले बिहान ८ बजेदेखि नै यी बिक्री केन्द्रमा लाइन लागेका थिए । आयल निगमको तथ्यांकअनुसार
१.निगमको टेकु परिसरबाट सबैभन्दा बढी २ हजार २ सय ९० वटा
२.पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट १ हजार ६ सय,
३.कीर्तिपुरको राधास्वामी केन्द्रबाट ७ सय ६२,
४.यातायात कार्यालय परिसर चाबहिलबाट ७ सय २० र
५.बसुन्धराको राधास्वामी केन्द्रबाट ६ सय वटा सिलिन्डर बिक्री भएको छ ।
कुन ब्रान्डको ग्यास कति बेचियो भन्ने तथ्यांकलाई हेर्दा ५ मुख्य केन्द्रबाट सबैभन्दा धेरै
१.नेपाल ग्याँस १ हजार ७ सय ६० वटा
२. एभरेष्ट-सुगम १ हजार ४३ वटा,
३.एचपी ७ सय ८० वटा,
४.हिमाल ५ सय ४० वटा,
५.सगर ४ सय ६४ वटा
६.श्रीराम ब्रान्डका ३ सय २७ वटा
७. एसटीसी ३ सय २०,
८.श्री २ सय ८०,
९.ओम १ सय ४०,
१०.भानु ८०,
११.साईबाबा-श्रीकृष्ण ७०,
१२.श्रीमाया ६२,
१३.लोकप्रिय ५३ र
१४. सूर्य ब्रान्डका ५३ वटा सिलिन्डर वितरण गरिएका छन् ।
सरकारले करिब ७ हजार सिलिन्डर ग्यास बेचेको तथ्यांक प्रस्तुत गरिरहँदा धेरै उपभोक्ताले भने ग्यास नपाएर रित्तो हात फर्किनु परेको गुनासो गरेका छन् । बसुन्धारा स्थित रहेको राधास्वामी केन्द्रमा सुगम र एभरेष्ट ग्यास लिन आएका उपझोक्ताले दिउँसो १२ बजेबाट नै पाएका थिएन । व्यावस्थापकीय कमजोरीको कारणले गर्दा सरकारले सोचे जस्तो तुरुन्तै बजारमा ग्यासको सहज बातावरण बन्नेवला छैन । आजको विक्री वितरणबाट स्पष्ट के देखियो भने सरकारले कुन क्षेत्रमा कुन ग्यासका उपभोक्ताहरु रहेका छन ? कति ग्यास पठाउनु पर्ला ? कुन कुन ग्राहकले कति वटा सिलिण्डर लगे कसरी लगे भन्ने स्पष्ट जानकारी नभएकोले अझै केहि समय समस्या रहि रहने छ । हामीले आजको रिपोटिङको क्रममा के पनि भेट्यौ भने एउटै घरमा दु्ई तीन वटा ग्यास लगेको पनि भेटियो त्यसकारण ग्यास डिलरलाई नै प्रभावकारी बनाएर लैजानुपर्ने आबश्यक देखियो । भोली सरकारले निम्न ठाँउबाट ग्यास उपलब्ध गराउने छ



