सुदूरपश्चिम प्रदेशमा नेकपाबाट खगराज भट्ट मुख्यमन्त्री नियुक्त, आज दिउँसो ३ बजे शपथ ।
२०८३ साउन २९, शुक्रबार ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेको समर्थनमा नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन्। भट्टले आज बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । दाबी पेस गरे लगत्तै प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
भट्टले शुक्रवार बिहान प्रदेश प्रमुखको कार्यालय, धनगढीमा पुगेर मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए। उनलाई नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले समर्थन गरेका थिए। दाबी पेस गरेपछि प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्री नियुक्त गर्दै नियुक्ति पत्र प्रदान गरेका हुन्। नवनियुक्त मुख्यमन्त्री भट्टसहित मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ शुक्रवार दिउँसो ३ बजे हुने कार्यक्रम तय गरिएको छ।
सुदूरपश्चिम प्रदेशमा नेकपाबाट खगराज भट्ट मुख्यमन्त्री नियुक्त, आज दिउँसो ३ बजे शपथ ।
1 Min Read


