२०८३ साउन १८, सोमबार ।
दुर्गा प्रसाईंले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर आन्दोलन गर्ने घोषणा गरेसँगै भक्क्तपुर प्रहरीले उनलाई पक्राउ गरेको छ। उनी राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक हुन् । भक्तपुरका एसपी सुर्य खड्का नेतृत्वको प्रहरी टोली प्रसाईंलाई पक्राउ गर्न भक्तपुरको निकोसेरास्थित उनको घरमा पुगेको थियो ।
प्रसाईंलाई पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले पुष्टि गरेको छ । गत वर्ष जेनजी प्रदर्शन भन्दा अगाडी उनले काठमाडौँको तीनकुनेमा प्रदर्शन गरेका थिए । त्यसबेला दुई जनाको मृत्यु भएको थियो । प्रसाईं यसअघि पनि पटक पटक पक्राउ परेर छुट्दै आएका थिए । यसअघि जेठ ४ मा प्रहरीले उनलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो । त्यसबेला प्रहरीले उनलाई सामाजिक सञ्जालमा अपशब्द बोलेको कसुरमा मुद्दा चलाएको थियो ।
भक्तपुर प्रहरीद्धारा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ ।
1 Min Read


