प्रस्तावित निर्वाचन प्रमुख आयुक्त र आयुक्तहरु संसदीय सुनुवाई समितिबाट अनुमोदन ।
२०८३ साउन १४, बिहिबार ।
संसदीय सुनुवाइ समितिबाट निर्वाचन आयोगका प्रमुख आयुक्तसहित अन्य २ जना आयुक्तको नाम अनुमोदन गरेसँगै निर्वाचन आयोगले पूर्णता पाएको छ । बुधबार बसेको सुनुवाइ समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तहरूमा गुरुप्रसाद वाग्ले तथा डा. राजीव सुब्बाको नाम अनुमोदन गरेको हो । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएसँगै उनीहरूको नियुक्तिको बाटो खुला भएको छ ।
पाँच सदस्यीय आयोगमा हाल डा. जानकीकुमारी तुलाधर र सगुन शमशेरण जबरामात्र छन् । आगामी दिनमा हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहितमात्र होइन, प्रविधिमैत्री गराउन आवश्यक प्रबन्ध गर्नुपर्ने दायित्व आयोगका पदाधिकारीको काँधमा छ । त्यसका लागि आवश्यक कानुन निर्माणका लागि पहल गर्नेदेखि आर्थिक तथा प्राविधिक विषयको समयमै व्यवस्थापन गर्ने जिम्मा आयोग र त्यसका पदाधिकारीहरूको दायित्व हुन पुग्ने सरोकारवाला बताउँछन् ।
उक्त आयोग अबको पहिलो निर्वाचन स्थानीय तहको तहको हुनेछ । स्थानीय तहको निर्वाचन अबको १० महिना भित्र गर्नुपर्ने भएकाले पनि आयोगको नेतृत्वले पदबहाली गरेको दिनबाटै आवश्यक काममा ध्यान दिनुपर्ने निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्तहरूको सुझाव छ ।
प्रस्तावित निर्वाचन प्रमुख आयुक्त र आयुक्तहरु संसदीय सुनुवाई समितिबाट अनुमोदन ।
1 Min Read


