भारतमा आन्दोलनकारीको दबाव पछि दिए शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा ।
२०८३ श्रावण ०९, शनिबार ।
भारतमा ३६ दिनदेखि परीक्षामा देखिएको अनियमितता, विशेषगरी निट–युजीको प्रश्नपत्र चुहावटको विरोधमा दिल्लीमा हप्तौँदेखि भएको विद्यार्थीको विशाल प्रदर्शन हुदै आइरहेको थियो । उक्त विषयलाई लिएर आन्दोलन चर्कर्दै गएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । उनीविरुद्ध झण्डै एक महिनादेखि दिल्लीको जन्तर–मन्तरमा कक्रोच जनता पार्टी (सीजेपी) को प्रदर्शन चलिरहेको छ । प्रधानले सामाजिक सञ्जाल एक्समा राजीनामाबारे जानकारी दिएका छन् । ‘जन्तर–मन्तर र देशभर सिर्जना भएको वर्तमान परिस्थितिको फाइदा राष्ट्रविरोधी शक्तिहरूले नउठाऊन्, देशको एकता कायम रहोस्, भारतका एक जना पनि विद्यार्थीको भविष्य कानूनी जटिलतामा नफसोस्, हाम्रा विद्यार्थीहरूले आफ्नो समय अध्ययनमा लगाऊन् र करियर निर्माणमा केन्द्रित होऊन् भन्ने विषयलाई ध्यानमा राख्दै मैले आफ्नो राजीनामा सम्माननीय प्रधानमन्त्रीज्यूलाई पठाएको छु,’ उनले लेखेका छन् ।
भारतमा आन्दोलनकारीको दबाव पछि दिए शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा ।
1 Min Read


