भरत ताल फन पार्क निमार्णमा अनियमितता भएको ठहर –मधेश प्रदेशका पूर्वअर्थमन्त्री र सचिवसहित भ्रष्टाचार मुद्दा दायर ।
२०८३ श्रावण ०७, बिहिबार ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती फन पार्क एण्ड रिसोर्ट) निर्माणमा भएको अनियमिततालाई लिएर पूर्वमन्त्री, सचिव र मेयरसहित ७ जना र एक ठेकेदार कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले मधेशका तत्कालीन
१.तत्कालीन अर्थमन्त्री शैलेन्द्रप्रसाद साह (३५ करोड बिगो),
२.तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुर (३५ करोड बिगो),
३.बागमतीका मेयर भरत कुमार थापा (३९ करोड ३९ लाख ६६ हजार बिगो),
४. तत्कालीन उपमेयर लीलाकुमारी मोक्तान (३९ करोड ३९ लाख ६६ हजार बिगो),
५.प्रशासकीय अधिकृत विमलकुमार पोखरेल
६.उपसचिव उद्धवराज न्यौपाने र
७. विकुई–धुलिखेल जेभीका प्रतिनिधि युवराज पोखरेललाई प्रतिवादी बनाएको छ ।
तत्कालीन मन्त्री र सचिवले नियमविपरीत बजेट व्यवस्थापन गरी सरकारी रकमको हानी नोक्सानी पुर्याएको विज्ञप्तिमा उल्लेख छ ।
विस्तृत विवरणको लागी तल क्लिक गर्नुहोस


