Close Menu
    What's Hot

    प्रधानमन्त्रीको सम्बोधन ।

    शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया सम्पन्न ।

    राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा चल्दै ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १५ श्रावण २०८३, शुक्रबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १५ श्रावण २०८३, शुक्रबार

    एपीएफ स्कुलकी लेखा अधिकृत इन्स्पेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामा पक्राउ ।

    July 6, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    एपीएफ स्कुलकी लेखा अधिकृत इन्स्पेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामालाई पक्राउ ।
    २०८३ असार २२, आइतबार ।
    सशस्त्र प्रहरीको एपीएफ स्कुल कीर्तिपुरमा विगत ६ वर्षदेखि लेखा अधिकृतका रूपमा कार्यरत इन्स्पेक्टर गुरुङ आर्थिक अनियमिता गरेको अभियोगमा पक्राउ परेकी छन। २०८२ माघ र फागुनमा ७ करोड रुपैयाँको हिसाब नभेटिएपछि छानबीन शुरू भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले सशस्त्र प्रहरी कल्याणकारी कोषद्वारा सञ्चालित एपीएफ स्कुलकी लेखा अधिकृत इन्स्पेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामालाई पक्राउ गरेको छ । सिआईबीस्रोतका अनुसार एपीएफ स्कुलमा भएको आर्थिक अनियमितता छानबीन गर्न गठित सशस्त्र डीआईजी युवराज अर्याल संयोजकत्वको समितिको सिफारिसअनुसार उनीहरुलाई शनिबार पक्राउ गरिएको हो । उनीहरूलाई मुद्दाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकालीलाई बुझाइएको सिआईबीस्रोतले जनाएको छ । छानबिनक्रममा इन्स्पेक्टर गुरुङले एपीएफ स्कुलले सशस्त्र मुख्यालयस्थित कल्याणकारी कोषमा दाखिला गर्नुपर्ने रकम प्रेमी लामाको खातामा हाल्ने र उनले मिटर ब्याजमा पैसा चलाउने गरेको खुलेको थियोे ।
    सशस्त्र प्रहरीको खातामा जानुपर्ने रकम कनेक्ट आइपिएसबाट एम एडभन्चर ट्राभल एण्ड टुर्स, हाम्रो टिकेट प्रा.लि. र एमडी होलिडेज प्रालिको खातामा गएको पाइएको छ । उनीहरुमाथि अपराधिक विश्वासघात, ठगी र सम्पत्ति शुद्धिकरणमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । इन्स्पेक्टर गुरुङले कनेक्ट आईपीएसको फारममा स्कुलका तत्कालीन समादेशक एसएसपी (हाल डीआईजी) दिग्विजय सुवेदीको नक्कली हस्ताक्षर गरेकी थिइन् । अनुसन्धानस्रोतका अनुसार उनले कनेक्ट आईपीएसबाटै लीलाबहादुर सञ्चालक रहेका तीन कम्पनीका खातामा रकम हालेकी थिइन् । उनले एमडी एडभेन्चर ट्राभल एण्ड टुर्स, हाम्रो टिकट प्रालि र एमडी होलिडे प्रालिका खातामा पैसा हालेको खुलेको छ ।

    जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार सशस्त्र प्रहरीकै पत्रका आधारमा दुईजनालाई पक्राउ गरिएको हो । ‘सशस्त्र प्रहरीबाटै आएको पत्रका आधारमा दुईजनालाई पक्राउ गरेर अनुसन्धान थालेका छौँ,’ उनले भने, ‘विद्यालयको रकम हिनामिना गरिएको भन्ने विषय छ, विस्तृत हेर्दै छौँ ।’ स्रोतका अनुसार यसमा आपराधिक लाभसँगै सम्पत्ति शुद्धीकरणको कसुरमा समेत अनुसन्धान गर्न लागिएको छ । हिनामिनामा सशस्त्रका अन्य उच्च अधिकारी पनि तानिने सम्भावना छ । इन्स्पेक्टर गुरुङले ६ वर्ष लगातार सो स्कुलमा लेखापाल भएर काम गरेकी थिइन् । उनी एक्लैबाट यति ठुलो रकम हिनामिना सम्भव नभएको स्रोत बताउँछ ।
    यो प्रकरणमा विद्यालयका तत्कालीन कमान्डेन्टहरू दिग्विजय सुवेदी, भूपेन्द्र केसी र रामजंग पाण्डे पनि छानबिनमा छन् । सुवेदी हाल डिआजी, केसी एसएसपी र पाण्डे एसपी छन् । यद्यपि, उनीहरूको प्रत्यक्ष संलग्नता देखिएको छैन । बैंकको समेत मिलेमतोको आशंका गरिएको छ । एनआइसी एसिया बैंकको कीर्तिपुर शाखामा विद्यालयको खाता छ । लाजिम्पाटको शाखाबाट सधैँ पैसा निकालिएको छ । प्रक्रिया पूरा नगरी रकम निकालिएको समेत छानबिनबाट खुलेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    प्रधानमन्त्रीको सम्बोधन ।

    शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया सम्पन्न ।

    राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा चल्दै ।

    मन्त्रिपरिषद्ले गरेका निर्णयहरू: नौ विधेयक संसदमा लैजाने 

    प्रस्तावित निर्वाचन प्रमुख आयुक्त र आयुक्तहरु संसदीय सुनुवाई समितिबाट अनुमोदन ।

    सुनसरीमा प्रहरीले भिड नियन्त्रण गर्न नसकेपछि सेना परिचालन ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    Don't Miss
    Main News

    प्रधानमन्त्रीको सम्बोधन ।

    प्रधानमन्त्रीको सम्बोधन । २०८३ साउन १४, बिहिबार । आदरणीय बुबाआमा, दिदीबहिनी तथा दाजुभाइहरू, म आज…

    शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया सम्पन्न ।

    राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा चल्दै ।

    मन्त्रिपरिषद्ले गरेका निर्णयहरू: नौ विधेयक संसदमा लैजाने 

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना