भदन भण्डारीको ७५औँ जन्मजयन्तीको अबसरमा भएको कार्यक्रममा वाम एकतामा पूर्वप्रधानमन्त्रीहरूको जोड ।
२०८३ असार १४, आइतबार ।
आज आइतबार जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्तीका अवसरमा काठमाडौँमा भएको ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’लाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल एकै ठाँउमा उपस्थित भएर गत भदौ २४ पछि मुलुकमा प्रतिगामी चलखेल बढेको भन्दै लोकतान्त्रिक व्यवस्था र संविधान जोगाउन पार्टी एकतासम्म गर्नुपर्ने बताएका छन। उनीहरूले विगतका कमी कमजोरीमाथि आत्मसमिक्षा गर्न तयार रहेको समेत बताए।
चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा,
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सोही पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालले सहकार्य गर्दै एकतासम्म पुग्नुपर्ने आशय व्यक्त गरेका हुन् । ओली, प्रचण्ड, नेपाल र खनाल गत भदौ २३ र २४ पछि आइतबार पहिलो पटक एउटै मञ्चमा देखिएका हुन् । कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले समाजवाद निर्माण भन्दा पनि प्रतिगमनलाई परास्त गर्न कम्युनिस्टसहित लोकतान्त्रिक शक्तिहरू मिल्नुपर्नेमा जोड दिए ।
प्रतिगमन गरेर हैरान छ, लोकतान्त्रिक र वामपन्थी मिलेर पराजित गर्नुपर्छ स् केपी ओली
‘हामी यतिबेला समाजवाद निर्माण गर्नुपर्छ भन्छौ तर, कसरी गर्ने रु,’ ओलीले भने, ‘अहिले प्रतिगमनलाई पराजित गर्ने मुख्य काम हो । प्रतिगमनलाई पराजित गर्नुपर्छ ।’ ओली अघि बोलेका अन्य नेताहरू भन्दा एक कदम अघि बढ्दै उनले भने, ‘यतिबेला सबै लोकतान्त्रिक शक्ति, वामपन्थी शक्ति मिलेर कार्यगत एकताको माध्यमबाट जानुपर्छ र प्रतिगमनलाई पराजित गर्नैपर्छ ।’
ओलीले एमालेका नीति सही छन् कि गलत छन् भनेर छलफल गर्ने पक्षमा नरहेको पनि बताए । ‘नेकपा एमालेका नीति सही छन् कि गलत भनेर कुनै एकता एकीकरणका लागि छलफल गर्ने पक्षमा एमाले छैन’, ओलीले भने, ‘हाम्रा नीति एकदमै सही छन् ।’
पूर्वप्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वाधीनताको पक्षमा, निरङ्कुशताका विरुद्ध र वैदेशिक हस्तक्षेपका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्तहरू एक हुनुपर्नेमा जोड दिए ।
ढिलो गर्दा दुर्घटना हुनसक्छ, शीघ्र वामपन्थी एकता गरौँ स् :प्रचण्ड
‘म भन्न चाहन्छु, राष्ट्रिय स्वाधीनताका पक्षमा, निरङ्कुशताका विरुद्ध, वैदेशिक दबाब र हस्तक्षेपका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्त एक हुनुपर्छ । यसलाई ढिला गर्न गल्ती हुन्छ,’ संयोजक प्रचण्डको भनाइ छ ।
उनले विचार मिल्नेहरू एकता गर्न ढिला गर्दा ठुलो दुर्भाग्य हुनसक्ने पनि बताए । ‘केही साथीहरूले पार्टी एकता गरिहाल्ने भयो, बुझ्नै सकिएन भन्छन्, मलाई अनौठो लाग्छ । मैले आजै भोलि नै पार्टी एकता गरौँ भनेको पनि छैन’, प्रचण्डले भने, ‘मैले सहकार्य आजै सकिन्छ भने आजै गरौँ, भरे सकिन्छ भने भरे नै र भोलि सकिन्छ भने भोलि नै गरौँ भनेको हुँ ।’
प्रचण्डले वर्तमान सरकार संविधानका आधारभूत विषयमा प्रहार गर्नेतिर उद्धत रहेको भन्दै कम्युनिस्ट आन्दोलनलाई सिद्ध्याउनेतिर देशी विदेशी शक्तिहरू लागिपरेको बताए ।
‘यो सरकार संविधानका आधारभूत कुरामा प्रहार गर्ने, उत्पीडित समुदायमाथि प्रहार गर्न उद्धत भएको देखिँदै गएको छ । मुख्य टार्गेट कम्युनिस्ट आन्दोलनलाई कसरी सकाउने भन्नेतिर छ,’ प्रचण्डको भनाइ छ ।यस्तै पूर्वप्रधानमन्त्री नेपालले बदलिँदो मनोविज्ञान बुझ्न सक्नुपर्ने भन्दै विगतमा झण्डै दुई तिहाइ जनमत पाएको नेकपा कसरी कमजोर र विघटन हुन पुग्यो भनेर आत्मसमिक्षा गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
लोकतन्त्र र गणतन्त्र जोगाउन कम्युनिस्टहरूबिच एकता आवश्यक स् माधव नेपाल
‘हामीले बदलिँदो मनोविज्ञानलाई बुझ्न सकेनौँ, या हामीमा के के विकृति आए रु यसको आत्मसमीक्षा गरौँ,’ सहसंयोजक नेपालले भने, ‘यो एउटा पार्टीको मात्रै कुरा होइन । नेपालका जति पनि कम्युनिस्ट घटक छन्, त्यसको आत्ममन्थन गर्न सक्नुपर्छ ।’ त्यसो गर्न सकेमात्र कम्युनिस्टहरूलाई एक बनाउन सकिने नेपालको भनाइ छ ।
मिल्नसक्ने कुरामा मिलेर अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको नेपालको भनाइ छ । ‘मदन भण्डारीले भन्नुहुन्थ्यो, कुरा गरेर मात्रै चिउरा भिज्नेवाला छैन । कुरो मात्रै गरेर हुनेवाला केही छैन,’ पूर्वप्रधानमन्त्री नेपालले भने, ‘हामीले अहिले मिल्नसक्ने कुरामा मिलेर अघि बढ्नुपर्ने छ ।’
पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी एकता अत्यन्तै आवश्यक रहेकोमा जोड दिँदै विगतमा जस्तो कहिले सिङ र कहिले जुरो पलाउन नहुने बताए । झलनाथ खनालको आह्वान स् वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अघि बढाऔँ
खनालले मदन जयन्तीकै दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अघि बढाउन सक्नुपर्नेमा जोड दिए । ‘अब यही दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अगाडि बनाउन थालौँ । तब मात्रै आज हाम्रो देशमाथि जुन साम्राज्यवादीले बबन्डर मच्चाइरहेका छन्, यसका विरुद्ध लडाइँ तब मात्रै गतिशील भएर अघि बढ्न सक्छ,’ खनालले भने।

