Close Menu
    What's Hot

    हिजो प्रधानमन्त्री बालेन शाह र शेयर बजारसँग सम्बन्धित संस्थाका प्रतिनिधि तथा व्यक्तिगत लगानीकर्ताहरुसँगको छलफल पछि आजबाट शेयर बजार बढने विश्वास ।

    १६ वर्ष पछि विश्वकप फुटबलमा अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक च्याम्पियन बन्दै इतिहास रच्यो ।

    तेस्रो स्थानको लागी आज बिहान सम्पन्न फ्रान्स र इंग्ल्यान्ड बिचको खेलमा इंग्ल्याण्ड ६–४ ले बिजयी, साकाको ह्याट्रिक ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ५ श्रावण २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ५ श्रावण २०८३, मंगलवार

    एफएम रेडियोहरुको संस्था ब्रोडकास्टिंग एसोसिअसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष उज्वल चौलागाईंको समूहले बोलाएको महाधिबेशनलाई जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा रोक ।

    May 1, 20263 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    एफएम रेडियोहरुको संस्था ब्रोडकास्टिंग एसोसिअसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष उज्वल चौलागाईंको समूहले बोलाएको महाधिबेशनलाई जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा रोक ।
    २०८३ बैशाख १८, शुक्रबार ।
    एफएम रेडियोहरुको संस्था ब्रोडकास्टिंग एसोसिअसन अफ नेपाल (बान) आन्तरिक बिबादमा फँसेको छ । बानमा केहि समयदेखि उत्पन्न बिबादका कारण संस्थाको महाधिबेशन समेत अनिश्चित बन्न पुगेको छ। बानका अध्यक्ष ई. कुमार भट्टराई र बरिष्ठ उपाध्यक्ष उज्वल चौलागाईंको छुट्टाछुट्टै समूह बनेर संस्थाभित्र बिबाद बढेपछि संस्थाले गर्ने गतिविधि घट्दै गएकोमा अब संस्थाको महाधिबेशन समेत विधानले ब्यबस्था गरेअनुसारको समयमा नहुने भएको छ। कम्पनि रजिष्ट्रारमा कम्पनि दर्ता गरेर तिनै कम्पनीको माध्यमबाट इजाजत पत्र प्राप्त गरेर एफएम रेडियो संचालन गर्दै आएका ब्यबसायिक एफएम रेडियोका संचालकहरुको संस्था बानमा हाल देशभरका दुई सयभन्दा बढी एफएम रेडियोहरु सदस्य रहेका छन।
    संस्थाभित्र आन्तरिक बिबाद जारी रहेकै अबस्थामा संस्थाका बरिष्ठ उपाध्यक्ष चौलागाईं समुहले संस्थाको महाधिबेशन यहि बैशाख १९ गते र संस्थाका अध्यक्ष भट्टराईको समुहले संस्थाको महाधिबेशन यहि बैशाख २४ गते गर्ने गरि संस्थाको अधिबेशन डाकेको भएपनि जिल्ला प्रशासन कार्यालय कास्कीको आदेश अनुसार दुवै मितिमा डाकिएका अधिबेशन स्थगित हुन् पुगेका हुन। कम्पनि रजिस्टारको कार्यालयमा दर्ता भएका कम्पनिद्वारा संचालित एफएम रेडियोका संचालकहरुले २०६० माघ २ गते कास्की जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता ऐन २०३४ बमोजिम ब्रोडकास्टिंग एसोसिअसन अफ नेपाल ९ बान ० संस्था दर्ता गरेका थिए। संस्थाले नियमित रुपमा गर्नुपर्ने संस्थाको नबिकरण, लेखा परिक्षन प्रतिबेदन, कर चुक्ता प्रमाणपत्र, बार्षिक कार्यसम्पादन प्रगति विवरण बुझाउने लगायत सुशासन र पारदर्शिता कायम गर्न पुरा गर्नुपर्ने जिम्मेवारी पुरा नगरेको भन्दै २०८२ फागुन ४ गते कास्की जिल्ला प्रशासन कार्यालयले उल्लेखित जिम्मेवारी पुरा गरि २०८३ बैशाख मसान्तभित्र अधिबेशन सहि निर्बाचन गर्न निर्देशन दिएको थियो।
    तर संस्थाले गर्नुपर्ने जिम्मेवारीहरु २०८३ बैशाखसम्म पुरा नगरेको भएपनि संस्थाका अध्यक्ष भट्टराई र बरिष्ठ उपाध्यक्ष चौलागाईंले संस्थाको अधिबेशन गर्न छुट्टाछुट्टै मिति प्रस्ताब गरेर सुचना जारी गरेको अबस्थामा कास्की जिल्ला प्रशासन कार्यालयले संस्थाको अधिबेशन सहित निर्बाचन प्रक्रियामा रोक लगाएको हो। संस्थाका बरिष्ठ उपाध्यक्ष चौलागाईंले यहि बैशाख १९ गते शनिबार काठमाडौँमा र अध्यक्ष भट्टराईले यहि बैशाख २४ गते पोखरामा बानको माहधिबेशन गर्ने निर्णय सार्बजनिक गरेका थिए।
    संस्था दर्ता ऐन २०३४ र संस्थाको विधानको अधिनमा रही आबश्यक प्रक्रियाहरु पुरा गरेर अधिबेशन गर्नुपर्नेमा जिल्ला प्रशासन कार्यालयमा बिबादित उजुरीहरु प्राप्त भएको र जिल्ला प्रशासन कार्यालयबाट उजुरी सुनुवाई गरि अनुसन्धान भई कारबाहीको लागि लेखिआएको कारण पनि थप अध्ययन गर्नुपर्ने देखिएको कास्की जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेशबी शर्माको संयोजकत्वमा यहि बैशाख १६ गते कास्की जिल्ला प्रशासन कार्यालयमा दुवै पक्ष अर्थात अध्यक्ष कुमार भट्टराई र बरिष्ठ उपाध्यक्ष उज्वल चौलागाईंको उपस्थितिमा सम्पन्न समन्वय बैठकमा भएको छलफललाई समेत आधार मानेर संस्थाको अधिबेशन रोकिएको र तत्काल बिधि र प्रक्रिया पुरा गरेर अधिबेशन गर्न निर्देशन दिईएको कास्की जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यस्तो अबस्थामा लामो समयदेखि संस्थालाई अनिर्णयको बन्दी बनाई आयोजना गर्ने भनिएका अनि बिधि र प्रक्रिया समेत पुरा नगरी गर्ने भनिएका अधिबेशन तत्काल रोकी जिल्ला प्रशासन कार्यालयबाट माग भएका विवरण तत्काल पेश गर्न र कानुनी एबम प्रक्रियागत बिधि पुरा गरेर मात्र अधिबेशन एबम निर्बाचन सम्पन्न गरेर प्रतिबेदन पेश गर्न समेत कास्की जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    राष्ट्रपती रामचन्द्र पौडेलद्धारा तेस्रो अध्यादेशको रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी।

    आजबाट लागुहुने गरी पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको भाउ बढ्यो ।

    सर्वोच्चद्वारा पूर्वभीआईपीहरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था खारेज

    सुकुमवासी बस्तीका विद्यार्थीको पढाइमा सहजीकरण गर्न शिक्षा मन्त्रीको निर्देशन

    जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन : रास्वपा सभापती रबि लामिछाने ।

    स्पेनको कन्सुलेट अफिस (काठमाण्डौ)बाट हुने प्रमाणीकरण प्रक्रिया रोकिएपछि हजारौं नेपाली प्रभावित ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    Don't Miss

    हिजो प्रधानमन्त्री बालेन शाह र शेयर बजारसँग सम्बन्धित संस्थाका प्रतिनिधि तथा व्यक्तिगत लगानीकर्ताहरुसँगको छलफल पछि आजबाट शेयर बजार बढने विश्वास ।

    हिजो प्रधानमन्त्री बालेन शाह र शेयर बजारसँग सम्बन्धित संस्थाका प्रतिनिधि तथा व्यक्तिगत लगानीकर्ताहरुसँगको छलफल पछि…

    १६ वर्ष पछि विश्वकप फुटबलमा अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक च्याम्पियन बन्दै इतिहास रच्यो ।

    तेस्रो स्थानको लागी आज बिहान सम्पन्न फ्रान्स र इंग्ल्यान्ड बिचको खेलमा इंग्ल्याण्ड ६–४ ले बिजयी, साकाको ह्याट्रिक ।

    नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री  विष्णु पौडेललाई २५ दिन पछि साधारण तारेखमा छाड्न विषेश अदालतको आदेश ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना