स्पेनको कन्सुलेट अफिस (काठमाण्डौ)बाट हुने प्रमाणीकरण प्रक्रिया रोकिएपछि हजारौं नेपाली प्रभावित ।
२०८३ बैशाख १३, आइतबार ।
स्पेनले हालै सुरु गरेको असाधारण कानुनीकरण प्रक्रियाले विदेशमा कागजात बिना नै बसोबास गरिरहेका वैधानिक हैसियत दिने लक्ष्य राखेको छ। यसले धेरै नेपालीमा आशा जगाएको छ। स्पेनले आप्रवासीका लागि थालेको असाधारण कानुनीकरण प्रक्रियाले हजारौं नेपालीमा ठूलो आशा जगाएको छ । तर, त्यो आशा अहिले कागजी झन्झट र प्रशासनिक जटिलताबीच अन्योलमा परिणत भएको छ। सन् २०२५ डिसेम्बर ३१ अघि स्पेन आएका र कम्तीमा पाँच महिनादेखि लगातार बस्दै आएका आप्रवासीलाई वैधानिकता दिने उद्देश्यले स्पेन सरकारले यो प्रक्रिया सुरु गरेको हो । यो प्रक्रिया आगामी जुन ३० सम्म मात्रै खुला रहनेछ ।
प्रक्रियामा मुख्य रूपमा आपराधिक अभिलेख नभएको प्रमाणपत्र (प्रहरी रिपोर्ट) अनिवार्य गरिएको छ । यही कारण स्पेनमा रहेका हजारौं नेपालीले एकै पटक प्रहरी रिपोर्ट बनाउन आवेदन दिएका छन् । प्रहरी रिपोर्ट बनिसकेपछि पनि काठमाडौंस्थित स्पेनिश कन्सुलेट कार्यालयबाट अनिवार्य प्रमाणीकरण गर्नुपर्ने व्यवस्था थियो । यही कारण कन्सुलेट कार्यालयमा पछिल्ला हप्ताहरूमा अत्यधिक भीड बढेको थियो, जहाँ हजारौं आवेदकहरू आफ्नो कागजात प्रमाणीकरणको पर्खाइमा थिए । तर यही प्रक्रियाबीच अर्को ठूलो परिवर्तन आएको छ ।
यसै क्रममा काठमाडौंको बत्तिसपुतलीमा रहेको स्पेनिश कन्सुलेट कार्यालयले २४ अप्रिल २०२६ देखि नेपाली कागजातहरूको प्रमाणीकरण गर्ने अधिकार अस्थायी रूपमा रोकिएको जानकारी गराएपछि उनीहरु झन समस्यामा परेका छन । यही नेपालबाट पुलिस रिपोर्ट प्रमाणीकरण हुदै आउदा समेत किनै दिन समय लाग्ने र गाउँगाउँबाट आउदा खर्च बढिहुने थियो भने अब झन उक्त प्रमाणिकरणका लागी भारतको नयाँ दिल्लीस्थित स्पेनको दूतावासमार्फत मात्र गर्नुपर्ने व्यवस्था लागू गरिएको छ। यस निर्णयसँगै प्रक्रिया थप जटिल बनेको छ। यो निर्णयले गर्दा नजिकै आएको अवसर गुम्ने हो कि भनेर धेरै नेपालीहरु समस्यामा परेका छन । अझै ३-४ हजार पुलिस रिपोर्ट प्रमाणीकरण बाँकी रहेको जानकारी प्राप्त भएको छ । यो अवस्थमा नेपाल सरकारले तत्काल कूटनीतिक पहलमार्फत समस्या समाधान गर्नु पर्ने देखिन्छ ।
८ लाख ४० हजार अनियमित आप्रवासी
यसअघि पनि स्पेनमा सन् १९८६ देखि २००५ सम्म नौ पटक यस्ता असाधारण आप्रवासी कानुनीकरण कार्यक्रम सञ्चालन भएका थिए, जसबाट १० लाख बढी आप्रवासीले कानुनी मान्यता पाएका थिए । स्पेनको विश्लेषण केन्द्र फुनकासले सार्वजनिक गरेको सन् २०२५ को तथ्यांकमा आधारित प्रतिवेदनअनुसार स्पेनमा गैर(युरोपेली अनियमित आप्रवासी संख्या करिब ८ लाख ४० हजार पुगेको छ ।
स्पेनको कन्सुलेट अफिस (काठमाण्डौ)बाट हुने प्रमाणीकरण प्रक्रिया रोकिएपछि हजारौं नेपाली प्रभावित ।
2 Mins Read

