Close Menu
    What's Hot

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा ।

    सुर्खेत नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीले २ करोड ९४ लाख रकम हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर ।

    प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित नभएपछि भोलिसम्मलाई स्थगित ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १ जेष्ठ २०८३, शुक्रबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १ जेष्ठ २०८३, शुक्रबार

    कांग्रेससँगको सहकार्यबारे माओवादी गम्भीर, राष्ट्रियसभा अध्यक्ष नछाड्ने संकेत

    February 28, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, १६ फागुन – सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रमा कांग्रेससँगको सहकार्यबारे सोच्न माग उठेको छ । पार्टी मुख्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी समितिको बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरूले कांग्रेससँगको सहकार्यबारे सोच्न माग गरेका हुन् ।

    माओवादी केन्द्रमा हालै सकिएको सत्तासाझेदार दल नेपाली कांग्रेसको महासमिति बैठकको समीक्षा भएको हो । बैठकमा बोल्ने सबैजसो स्थायी कमिटी सदस्यहरूले नेपाली कांग्रेस दक्षिणपन्थी बाटोमा लागेको भन्दै कांग्रेससँगको सहकार्यबारे सोच्नुपर्ने धारणा राखेका थिए । बैठकमा भएको छलफलबारे जानकारी दिँदै प्रवक्तासमेत रहेका पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले भने, ‘हालै सम्पन्न नेपाली कांग्रेस महासमिति बैठकमा चलेको चर्चाहरूको बारेमा पनि छलफल भयो, त्यही विषयसँग जोडिएर राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई दिन नहुने विषयमा साथीहरूका धारणा आए । यसबारेमा बुधबारको बैठकले अन्तिम निर्णय लिन्छ ।’

    गत फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा चलेको कांग्रेस महासमिति बैठकमा महामन्त्री गगन थापाले आउँदो निर्वाचनमा गठबन्धन गर्न नहुने प्रतिवेदन ल्याएका थिए । यो प्रस्ताव कांग्रेस महासमितिले पारित गरिसकेको छ ।

    माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्ष नछाड्ने संकेत गरेको छ । अधिकांश सदस्यहरूले राष्ट्रियसभा अध्यक्षको पदमा पार्टीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अडान राख्नुपर्ने सुझाव दिएका छन् । अधिकांश स्थायी समिति सदस्यहरूले राष्ट्रिय सभाको अध्यक्ष पद माओवादीले पाउनुपर्ने धारणा राखेको प्रवक्ता रापकोटोले बताए । ‘हामीले प्रस्तुत सबै एजेण्डाका बारेमा बृहत् छलफल गर्‍यौँ, निष्कर्षमा पुगिसकेका छैनौँ । पार्टी अभियान सञ्चालन र आगामी योजनाका बारेमा, वर्तमान राष्ट्रिय परिस्थितिबारे पनि अलि बढी छलफल भयो,’ उनले अगाडि भने, ‘यसमा राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनबारे छलफल भयो । अधिकांशले राष्ट्रिय सभाको अध्यक्ष छोड्नु हुन्न भन्ने मत राख्नुभएको छ ।’

    स्थायी समिति सदस्यहरूले राष्ट्रिय सभाको अध्यक्ष पद छोड्न नहुने भन्दै अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएको पार्टी सचिव दिनानाथ शर्माले बताए । ‘माओवादी राष्ट्रिय सभामा ठूलो दल हो, अब सहमतिअनुसार प्रधानमन्त्री छोड्नैपर्छ, त्यसपछि हामी संवैधानिक परिषद्मा शून्यको स्थितिमा पुग्छौँ, त्यसो गर्नुहुँदैन । राष्ट्रियसभा अध्यक्ष अनिवार्य हामीले लिनैपर्छ,’ उनले भने ।

    स्थायी समिति सदस्यका कुरा ध्यानपूर्वक सुन्नुभएका अध्यक्ष प्रचण्डले कुनै प्रतिक्रिया नजनाएको स्थायी समितिका एक सदस्यले बताए । राष्ट्रियसभा अध्यक्षको चुनाव आगामी फागुन २९ गते हुँदै छ । राष्ट्रिय सभाको चुनावअन्तर्गत कोशीमा माओवादीकी चम्पा कार्की पराजित भएपछि माओवादी केन्द्र कांग्रेससँग रुष्ट छ । राष्ट्रिय सभाको अध्यक्षमा कांग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई अघि सार्ने तयारी गरिरहेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा ।

    सुर्खेत नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीले २ करोड ९४ लाख रकम हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर ।

    प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित नभएपछि भोलिसम्मलाई स्थगित ।

    प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा सम्बोधन गर्ने कार्य सूचि तय, संसदमा उठेका प्रश्नहरुको जवाफ दिने ।

    ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश । 

    सरकारद्धारा आ.व. २०८३.०८४ को लागी नीति तथा कार्यक्रम प्रस्तुत

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    एउटा अध्यादेशले राजनैतिक नियुक्ती पाएका १,५९४ जना पदाधिकारीहरू पदमुक्त, हेर्नुहोस विस्तृत विवरण को को रहेका छन ।

    Don't Miss

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा ।

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका…

    सुर्खेत नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीले २ करोड ९४ लाख रकम हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर ।

    प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित नभएपछि भोलिसम्मलाई स्थगित ।

    प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा सम्बोधन गर्ने कार्य सूचि तय, संसदमा उठेका प्रश्नहरुको जवाफ दिने ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना