Close Menu
    What's Hot

    सेफ सन्तोष शाह र नारायण शाह पक्राउ ।

    फिफा विश्वकप–२०२६ मा आज बिहान भएको क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाको खेल १-१ को बराबरीमा सकियो।

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ३० जेष्ठ २०८३, शनिबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ३० जेष्ठ २०८३, शनिबार

    कांग्रेस महासमिति बैठक आज सकिँदै, छलफलमा उठेका प्रश्नको सभापति देउवाले जवाफ दिने

    February 22, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौँ, १० फागुन – नेपाली कांग्रेसको महासमिति बैठक आज सकिँदैछ । ललितपुरको गोदावरीमा गत सोमवारदेखि जारी बैठकमा मंगलबार प्रस्तुत गरिएका पाँच प्रतिवेदनमाथि हिजो समूहगत छलफल सकिएको छ ।

    पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार हिजोको समूहगत छलफल पछि तीन ठाउँबाट सुझाव संकलन गरिएको थियो । जसअनुसार गोदावरी हलमा ११० जना, विशंखुनारायण हलमा ९५ जना र अर्को एक हलमा ९० जना सदस्यहरूले सुझाव दिएका छन् । समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरूले आज बिहान पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गर्नेछन् ।

    त्यसपछि सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले जवाफ दिएपछि आजै अपराह्न समापन समारोह गरिने विश्वकर्माले जानकारी दिए ।

    महासमिति बैठकको दोस्रो दिन मंगलबार पाँच वटा प्रतिवेदन पेश भएका थिए । जसअनुसार उपसभापति खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का  महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक, पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदनहरूमा विभिन्न चार समूह बनाएर छलफल गरिएको थियो । हरेक सदस्यलाई धारणा राख्न ५ मिनेटको समय दिइएको थियो ।

    छलफलका क्रममा महासमिति सदस्यहरूले कांग्रेसले संविधानको कार्यान्वयनमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने, पार्टीको विधान पालना गर्नुपर्ने, प्रदेश संरचनालाई बलियो बनाउन अधिकार दिनुपर्ने, गणतन्त्रात्मक पद्धतिमाथि निरन्तर भइरहेका प्रहारलाई रोक्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने, पार्टी सङ्गठनलाई सक्रिय बनाउनुपर्ने, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई पूर्णता दिनुपर्नेलगायत विषयमा आफ्नो धारणा राखेका थिए ।

    यस्तै, उनीहरूले सामाजिक न्यायका लागि कांग्रेसलाई सामाजिक आन्दोलनसँग जोड्नुपर्ने, आधुनिक कृषि प्रणालीमा जोड दिनुपर्ने, पर्यावरण संरक्षण गर्दै  पर्यटन प्रवर्द्धनमा लाग्नुपर्ने, पूर्वाधार विकासलाई तीव्रता दिनुपर्ने, अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउँदै देशको हितमा काम गर्नुपर्ने विषयमा सुझाव दिएका छन् ।

    महाधिवेशनमा देशभरबाट दुईहजार बढी प्रतिनिधिहरू सहभागी छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    सेफ सन्तोष शाह र नारायण शाह पक्राउ ।

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउन थप्यो एक महिना समय ।

    विपक्षहरुको नयाँ विरोधको शैलीमा सभामुख असन्तुष्ट ।

    आज गृहमन्त्री र विज्ञान प्रविधि तथा नवप्रर्वतन मन्त्रीको शपथ पछि मन्त्रीहरुको फेरियो वरीयताक्रम ।

     सुदन गुरुङ फेरि गृहमन्त्री बन्ने, आजै शपथ लिने सम्भावना ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    एउटा अध्यादेशले राजनैतिक नियुक्ती पाएका १,५९४ जना पदाधिकारीहरू पदमुक्त, हेर्नुहोस विस्तृत विवरण को को रहेका छन ।

    Don't Miss
    Uncategorized

    सेफ सन्तोष शाह र नारायण शाह पक्राउ ।

    सेफ सन्तोष शाह र नारायण शाह पक्राउ । २०८३ जेठ ३०, शनिबार । शकुन्तला अधिकारी…

    फिफा विश्वकप–२०२६ मा आज बिहान भएको क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाको खेल १-१ को बराबरीमा सकियो।

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    तीन देशको संयुक्त आयोजनामा शुरु भएको विश्वकप उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकामाथी २–० को सहज जित।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना