काठमाडौँ, ४ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख घुससहित वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ । घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि १५ लाख घुस लिइसकेको अवस्थामा काभ्रेको बनेपा नगरपालिका-९ का वडाध्यक्ष ४२ वर्षीय नृपेश बादेलाई नियन्त्रणमा लिएको अख्तियार स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।

बुधबार राति भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघरबाट नियन्त्रणमा लिएको ती स्रोतले बताए । वडाध्यक्ष बादेसँगै आएको बा ७ च १२९ न. को कार चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा न.७ मिलनटारका ३१ वर्षीय पदमबहादुर प्रधानलाई पनि गाडीसहित नियन्त्रणमा लिएको जनाइएको छ ।

