Close Menu
    What's Hot

    हिजो प्रधानमन्त्री बालेन शाह र शेयर बजारसँग सम्बन्धित संस्थाका प्रतिनिधि तथा व्यक्तिगत लगानीकर्ताहरुसँगको छलफल पछि आजबाट शेयर बजार बढने विश्वास ।

    १६ वर्ष पछि विश्वकप फुटबलमा अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक च्याम्पियन बन्दै इतिहास रच्यो ।

    तेस्रो स्थानको लागी आज बिहान सम्पन्न फ्रान्स र इंग्ल्यान्ड बिचको खेलमा इंग्ल्याण्ड ६–४ ले बिजयी, साकाको ह्याट्रिक ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ६ श्रावण २०८३, बुधबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ६ श्रावण २०८३, बुधबार

    नानको पक्षमा सर्वोच्चको फैसला, अब बोलपत्रका सूचना पत्रिकामा छाप्नैपर्ने

    January 8, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, २३ पुस – सर्वोच्च अदालतले सार्वजनिक खरिद ऐन अनुसार राष्ट्रिय पत्रपत्रिकामा विज्ञापन प्रकाशित गरी बोलपत्र आह्वान गर्नुपर्ने फैसला गरेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ‘विद्युतीय खरिद प्रणाली निर्देशिका–२०८०’ जारी गरी विद्युतीय खरिद प्रणालीमार्फत बोलपत्र आह्वान गरिएको अवस्थामा बोलपत्र खरिद प्रक्रियासँग सम्बन्धित कुनै पनि सूचना अन्य माध्यमबाट प्रकाशन गर्नुपर्ने छैन भन्ने व्यवस्था गरेको थियो।

    यसको अर्थ बोलपत्र सम्बन्धी सूचना पत्रपत्रिकामा छाप्नु नपर्ने व्यवस्था गरेको थियो। सर्वोच्चको आदेशसँगै ऐनसँग बाझिएको विद्युतीय खरिद प्रणाली निर्देशिका–२०८० मा भएको व्यवस्था खारेज हुने भएको छ।

    यो कार्य सार्वजनिक खरिद ऐन विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो। रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले सार्वजनिक खरिद ऐन विपरीत निर्देशिका जारी गरिएको ठहर शुक्रबार गरेको छ।

    राष्ट्रिय विज्ञापन संघ नेपाल(नान)ले दर्ता गरेको रिटको पक्षमा फैसला भएको हो । संघले २०८० मंसिर १३ गते सार्वजनिक खरिद ऐनसँग निर्देशिका बाझिएको भन्दै रिट निवेदन दर्ता गरेको थियो।

    सार्वजनिक खरिद अनुगमन कार्यालयले ‘सार्वजनिक खरिद ऐन’ विपरीत निर्देशिका जारी गरेको अदालतको फैसलाले पुष्टि गरेको छ। सरकारले सार्वजनिक खरिद ऐनअन्तर्गत कुनै पनि कम्पनीसँग सेवा लिन बोलपत्र आह्वान गर्दा सार्वजनिक सञ्चार माध्यमअन्तर्गत पत्रपत्रिकामा सूचना प्रकाशित गर्दै आएको थियो।

    निर्देशिकाले सम्बन्धित कार्यालय र सार्वजनिक खरिद अनुगमन कार्यालयबाट सञ्चालित वेबसाइटमा राखे पुग्ने व्यवस्था गरेको थियो। यसले पत्रपत्रिकामा सूचना छाप्नुपर्ने व्यवस्था हटेको थियो। सर्वोच्चको फैसलासँगै सरकारी बोलपत्र आह्वान गर्दा अनिवार्य रूपमा पत्रिकामा छाप्नुपर्ने भएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    तेस्रो स्थानको लागी आज बिहान सम्पन्न फ्रान्स र इंग्ल्यान्ड बिचको खेलमा इंग्ल्याण्ड ६–४ ले बिजयी, साकाको ह्याट्रिक ।

    नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री  विष्णु पौडेललाई २५ दिन पछि साधारण तारेखमा छाड्न विषेश अदालतको आदेश ।

    आजबाट २४ घण्टा भित्र लाइसेन्स उपलब्ध हुने, बक्यौता २७ लाख स्मार्ट लाइसेन्स छपाइ सम्पन्न ।

    व्यापक मात्रामा न्यायाधीशहरुको सरुवा सिफारिस (उच्चका ५० र जिल्ला अदालतका १५७ )

    शंसोधित सार्वजनिक खरिद ऐन साउन १ गतेदेखि नै कार्यान्वयनमा आउने ।

    कसरी शुरु भएको थियो भुटानी शरणार्थी प्रकरण ? आज जिल्ला अदालतले सुनायो सजाय क-कसलाई के के जरीवाना ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    Don't Miss

    हिजो प्रधानमन्त्री बालेन शाह र शेयर बजारसँग सम्बन्धित संस्थाका प्रतिनिधि तथा व्यक्तिगत लगानीकर्ताहरुसँगको छलफल पछि आजबाट शेयर बजार बढने विश्वास ।

    हिजो प्रधानमन्त्री बालेन शाह र शेयर बजारसँग सम्बन्धित संस्थाका प्रतिनिधि तथा व्यक्तिगत लगानीकर्ताहरुसँगको छलफल पछि…

    १६ वर्ष पछि विश्वकप फुटबलमा अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक च्याम्पियन बन्दै इतिहास रच्यो ।

    तेस्रो स्थानको लागी आज बिहान सम्पन्न फ्रान्स र इंग्ल्यान्ड बिचको खेलमा इंग्ल्याण्ड ६–४ ले बिजयी, साकाको ह्याट्रिक ।

    नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री  विष्णु पौडेललाई २५ दिन पछि साधारण तारेखमा छाड्न विषेश अदालतको आदेश ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना