नेपाली काँग्रेसको १५ औं महाधिवेशनमा केन्द्रीय सदस्यकी उम्मेदवार खड्का पक्राउ ।
२०८३ असोज २४, शनिबार ।
वैदेशिक रोजगारीको लागि इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा विनिता खड्का पक्राउ परेकी छन्। खड्का काँग्रेसको जारी महाधिवेशनमा केन्द्रीय सदस्य पदकी खुला महिला तर्फकी उम्मेदवार समेत छिन् । खड्कालाई शुक्रबार पक्राउ गरिएको सीआईबी प्रमुख एआईजी उमा प्रसाद चतुर्वेदीले जानकारी दिए ।
यसअघि यही प्रकरणमा सीआईबीले ज्ञानबहादुर कार्की, शिवराम श्रेष्ठ, कांग्रेस नेता भरतप्रसाद चौलागाईं र दोलखाकी बालिका शिवाकोटीलाई पक्राउ गरेको थियो। खड्काको पक्राउसँगै यस घटनामा पक्राउ पर्नेको सङ्ख्या पाँच पुगेको छ। प्रहरीका अनुसार नेपाल सरकार र इजरायल सरकारबीचको सम्झौताअन्तर्गत सन् २०२४ मा भएको केयरगिभर छनोट प्रक्रियामा सफल हुन नसकेका व्यक्तिलाई इजरायल पठाइदिने भन्दै रकम उठाइएको आरोप छ। यस प्रकरणमा १५६ जनाबाट दुई करोड ५० लाख रुपैयाँ ठगी भएको भन्दै उजुरी परेको छ। खड्काको संलग्नता र घटनामा उनको भूमिकाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। महाधिवेशनमा भोट राख्न पाए नपाएको बारेमा कुनै जानकारी नभए पनि सिआईबीले उनलाई पक्रन भ्याएको छ ।
नेपाली काँग्रेसको १५ औं महाधिवेशनमा केन्द्रीय सदस्यकी उम्मेदवार खड्का पक्राउ ।
1 Min Read


