मतपत्र छाप्न ढिला भएकोले नेपाली कांग्रेसको निर्वाचन हुन सकेन, भोलि बिहान ७ बजेदेखि ३ बजेसम्म हुने
२०८३ असोज २२, बिहिबार ।
नेपाली कांग्रेसको चलिरहेको १५ औं महाधिवेशनमा आज विहान ७ बजे हुने भनेको निर्वाचन कार्यतालिका प्रभावित भएको छ । निर्वाचन समितिका संयोजक वरिष्ठल अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ। ७ बजेदेखि ३ बजेसम्म मतदानको समय तोकिएको छ। मतपत्र छपाइमा ढिलाई भएपछि नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान भएन । निर्वाचन समितिले विज्ञप्ती जारी जनाएको छ । अब भोलि शुक्रबार मात्र मतदान हुनेछ । मतदान नहुँदा महाधिवेशन प्रतिनिधिहरु भने अलपत्र परेका छन् ।
मतदानका लागि खुलामञ्च, राष्ट्रियसभा गृह र प्रज्ञा प्रतिष्ठानमा राखिएको छ। भूगोलअनुसार तीन स्थानमा मतदान हुने निर्वाचन समितिले जनाएको छ। कांग्रेस सभापतिका लागि गगनकुमार थापा र श्यामकृष्ण खड्कीले उम्मेदवारी दिएका छन्।
मतपत्र छाप्न ढिला भएकोले नेपाली कांग्रेसको निर्वाचन हुन सकेन, भोलि बिहान ७ बजेदेखि ३ बजेसम्म हुने
1 Min Read


