Close Menu
    What's Hot

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट बनेका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण

    रवि–बालेनबीच बुधबार बिहान लामिछाने निवास बुढानिलकण्ठमा भेटवार्ता ।

    व्यवसाहीको वार्षिक कारोबार हेरेर ग्यासको खुद्रा बिक्रीमा प्यान बिल पनि प्रयोग गर्न सक्ने : प्रवक्ता, नेपाल आयल निगम

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १३ कार्तिक २०८३, बिहीबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १३ कार्तिक २०८३, बिहीबार

    राजर्षिजनक विश्वविद्यालयद्वारा नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड ।

    October 8, 20263 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    राजर्षिजनक विश्वविद्यालयद्वारा नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड ।
    २०८३ असोज २२, बिहिबार ।
    हिजो असोज २१ मा राजर्षिजनक विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३.०८४ का लागि कुल ५१ करोड १७ लाख २ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। विश्वविद्यालयको सिनेट बैठक (सभा) मा प्रस्तुत वार्षिक कार्यक्रम तथा बजेट प्रस्ताव अनुसार पूँजीगततर्फ २१ करोड ८ लाख ९५ हजार र सञ्चालनतर्फ ३० करोड ८ लाख ७ हजार रुपैयाँ विनियोजन गरिएको छ। विश्वविद्यालय ऐन, २०७४ को व्यवस्था बमोजिम सो बजेट तथा कार्यक्रम स्वीकृतिका लागि सभामा पेस गरिएको हो।
    विश्वविद्यालयले प्राविधिक, व्यावसायिक तथा सामयिक शैक्षिक कार्यक्रमहरूलाई तीव्रता दिँदै गत आव २०८२.०८३ को प्रगति विवरण पनि सार्वजनिक गरेको छ। हाल विश्वविद्यालय मातहत आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा गरी कुल ५,९२७ जना विद्यार्थीहरू अध्ययनरत रहेका छन्। विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहका २० भन्दा बढी शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएकोमा पछिल्लो समय बिआइटी, एमसिए, बिए एलएलबी, एलएलएम लगायतका ९ वटा नयाँ विषयका कक्षाहरू समेत सञ्चालनमा ल्याइसकेको छ। प्रस्तावित नयाँ कार्यक्रमअन्तर्गत आगामी शैक्षिक सत्रमा कम्तीमा ५ हजार नयाँ विद्यार्थी भर्ना गर्ने र विश्वविद्यालय अनुदान आयोगको निर्देशानुसार एकीकृत शैक्षिक क्यालेन्डर पूर्ण रूपमा लागू गर्ने लक्ष्य राखिएको छ। प्राविधिक शिक्षालाई व्यवस्थित गर्न स्कुल अफ हेल्थ साइन्स सञ्चालनमा ल्याइएको छ भने विद्यार्थीहरूलाई प्रयोगात्मक अभ्यासका लागि विभिन्न अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानहरूसँग सम्झौता (MoU) गरी कार्य अघि बढाइएको छ। यसका साथै, जेहेन्दार विद्यार्थीहरूका लागि सिक्दै कमाउँदैु अवधारणा र बजारको मागमा आधारित पाठ्यक्रम लागू गरिएको छ।
    विश्वविद्यालयको आफ्नै भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै धनुषाको नगराइनमा प्राप्त ९ बिघा १४ कठ्ठा जग्गामा विस्तृत आयोजना प्रतिवेदन बमोजिम आधुनिक शैक्षिक भवन निर्माण प्रक्रिया थालिनेछ। यस्तै, रौतहटको गौरमा मधेश प्रदेश सरकारको सहकार्यमा पण्डित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पस भवन निर्माण गरिनेछ भने काठमाडौँमा हाल सञ्चालित कानूनका कार्यक्रमहरूलाई थप व्यवस्थित बनाउन छुट्टै आंगिक क्याम्पस स्थापना गर्ने प्रस्ताव अघि सारिएको छ। मधेस प्रदेशको बारा जिल्लामा प्रविधि विषयको आंगिक क्याम्पस स्थापना गर्ने प्रक्रियालाई पनि निरन्तरता दिइएको छ।
    प्राज्ञिक साख र अनुसन्धान प्रवर्द्धनका लागि आगामी आवदेखि उच्चस्तरीय रिसर्च एन्ड इनोभेसन निकाय संस्थागत रूपमा स्थापना गरिनेछ। विश्वविद्यालयले दुईवटा विशिष्टीकृत विधामा अनुसन्धान जर्नल प्रकाशन गर्ने र पूर्वीय दर्शन, रामायण सर्किट, मिथिला कला तथा संस्कृतिको प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय सम्मेलन एवं कार्यशालाहरू आयोजना गर्ने योजना बनाएको छ। साथै, विद्यार्थीहरूको सर्वांगीण विकासका लागि ुसांस्कृतिक प्रतिभा कार्यक्रमु र शैक्षिक गुणस्तर सुधारका लागि दोस्रो दीक्षान्त समारोह आयोजना गरिनेछ।
    विश्वविद्यालयको प्रशासनिक, आर्थिक र प्राज्ञिक कार्यप्रणालीलाई प्रविधिमैत्री बनाउन ूपूर्ण डिजिटलाइजेशनू को नीति अघि सारिएको छ। आगामी शैक्षिक सत्रदेखि सिकाई व्यवस्थापन प्रणाली, एकीकृत क्याम्पस व्यवस्थापन प्रणाली, र विश्वविद्यालय अनुदान आयोगसँग सूचना आदानप्रदान गर्न एचएमईएस (HEMIS) प्रणाली पूर्ण रूपमा एकीकरण गरिनेछ। परीक्षा प्रणाली, भर्ना प्रक्रिया, मानव संसाधन र लेखा प्रणालीलाई समेत अनलाइन र केन्द्रीकृत ढाँचामा ढालिने जनाइएको छ। यसैबीच, विश्वविद्यालयको संगठन संरचना तथा व्यवस्थापन नियमावली, २०७५ को नियम १०० मा संशोधन गरी डीन पदको छनौट प्रक्रियालाई थप व्यावहारिक र फराकिलो बनाउने प्रस्ताव पेस गरिएको छ। बैठकमा कार्यकारी परिषद्का नवनियुक्त सदस्यहरू प्रा।डा। विद्या सागर वर्मा, सह प्रा।डा। सरोज कुमार ठाकुर र सहायक प्राध्यापक राजीव कुमार पाण्डेयको मनोनयनलाई समेत सभाबाट अनुमोदनका लागि पेस गरिएको छ।

    बुधबारको सिनेट बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सम्बोधन गर्नुभएको थियो। सम्बोधनको क्रममा उहाँले मधेशको सार्वजनिक शिक्षालाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। मधेशको शिक्षा सुधार्नको लागि राजर्शीजनक विश्वविद्यालयको एकदमै ठूलो भुमिका छ। यसमा हामीले अझै धेरै काम गर्नुपर्छ, गरिरहेका छौँ, उहाँले भन्नुभयो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट बनेका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण

    रवि–बालेनबीच बुधबार बिहान लामिछाने निवास बुढानिलकण्ठमा भेटवार्ता ।

    जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापा बारे संसदीय समितिले थप अनुसन्धान गर्दै ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    साउदी अरेबियामा ड्रोनको अवशेष लागेर एक नेपाली नागरिक सहित २ जनाको मृत्यु ।

    आज विजया दशमीको दिन, टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Main News

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट बनेका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट बनेका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण २०८३…

    रवि–बालेनबीच बुधबार बिहान लामिछाने निवास बुढानिलकण्ठमा भेटवार्ता ।

    व्यवसाहीको वार्षिक कारोबार हेरेर ग्यासको खुद्रा बिक्रीमा प्यान बिल पनि प्रयोग गर्न सक्ने : प्रवक्ता, नेपाल आयल निगम

    जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापा बारे संसदीय समितिले थप अनुसन्धान गर्दै ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना