नेपाली कांग्रेसको १५औं महाधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथिमा पूर्वसभापति शेरबहादुर देउवालाई निम्तो ।
२०८३ असोज १८, आइतबार ।
नेपाली कांग्रेसको १५औं महाधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई निम्तो गरेका छन् । सभापति थापाले सहमहामन्त्री योगेन्द्र चौधरीको नेतृत्वमा देउवालाई निम्तो दिन निवासमै पठाएका थिए । निवासमै पुग्दा समेत देउवासँग आफूहरूको भेट हुन नसकेको सहमहामन्त्री चौधरीले बताए । देउवाका स्वकीय सचिव भानु देउवासँग समेत सम्पर्क हुन नसकेपछि देउवासम्म पुग्न नसकेको बताए । आफूहरूले सभापति थापाको हस्ताक्षर भएको निमन्त्रणा पत्र निवासमा छाडेर फर्किएको बताए । कांग्रेसको महाधिवेशन आज उद्घाटन हुँदै छ। यो महाधिवेशनमा देउवा पक्ष सहभागी नभएकाले उपस्थित हुने नहुनेमा कुनै आधिकारीक जानकारी आएको छैन ।
नेपाली कांग्रेसको १५औं महाधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथिमा पूर्वसभापति शेरबहादुर देउवालाई निम्तो ।
1 Min Read


