पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पुर्जीबिना नै पक्राउ ।
२०८३ असोज ११, आइतबार ।
पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई महाराजगञ्जस्थित घरबाट गए राति पक्राउ गरेको हो । उनीविरुद्धको कसुर भने खुलाइएको छैन । उनी २०७५ पुस १८ देखी प्रधान न्यायाधीशको कार्यभार सम्हालेका जबरा २०७८ फागुन १ मा संसद्मा महाअभियोग दर्ता भएपछि निलम्बनमा परेका थिए ।
जबरालाई पक्राउपछि काठमाडौंकै एक प्रहरी कार्यालयको हिरासतमा राखिएको स्रोतले जनाएको छ । अपराध अनुसन्धान कार्यालय, टेकुको हिरासतमा उनी छैनन् । राति अकस्मात् आएको मौखिक आदेशपछि जबरा पक्राउ परेका हुन् । अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी खड्का कार्यालय बाहिर भएकै समयमा आदेश आएपछि उनलाई पक्राउ गर्न खड्का आफैं जानुपरेको स्रोतले जनाएको छ ।
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पुर्जीबिना नै पक्राउ ।
1 Min Read

