Close Menu
    What's Hot

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट बनेका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण

    रवि–बालेनबीच बुधबार बिहान लामिछाने निवास बुढानिलकण्ठमा भेटवार्ता ।

    व्यवसाहीको वार्षिक कारोबार हेरेर ग्यासको खुद्रा बिक्रीमा प्यान बिल पनि प्रयोग गर्न सक्ने : प्रवक्ता, नेपाल आयल निगम

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १३ कार्तिक २०८३, बिहीबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १३ कार्तिक २०८३, बिहीबार

    इन्द्रजात्राको अबसरमा राष्ट्रपति र विशिष्ट व्याक्तिहरुद्धारा बसन्तपुर दरबारस्थित गद्दी बैठक पुगेर जात्रा अवलोकन ।

    September 26, 20263 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    इन्द्रजात्राको अबसरमा राष्ट्रपति र विशिष्ट व्याक्तिहरुद्धारा बसन्तपुर दरबारस्थित गद्दी बैठक पुगेर जात्रा अवलोकन ।
    २०८३ असोज १०, शनिबार ।
    हिजो असोज ९ गते राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा शुव्रmबार हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक पुगेर जात्रा अवलोकन गर्नुभएको छ । न्युरोडस्थित जुद्ध सालिकबाट पैदल वसन्तपुर दरबारस्थित गद्दी बैठक पुग्नुभएका राष्ट्रपति पौडेल र उहाँकी पत्नीलाई काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले स्वागत गर्नुभएको थियो ।
    उहाँसँगै विशिष्ट व्यक्तित्वहरू पैदलै गद्दी बैठक पुग्नुभएको थियो । जात्रा अवलोकनका लागि उपराष्ट्रपति रामसहायप्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्ले, प्रधान न्यायाधीश मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, गृहमन्त्री सुधन गुरुङ, मन्त्रीगण, सांसदहरू, प्रदेश सभा सदस्यहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी हुनुहुन्थ्यो । विशिष्ट अतिथि तथा विदेशी पाहुना पनि वसन्तपुर पुग्नुभएको थियो । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्कमा रहनुभएकाले कार्यव्रmममा उपस्थित हुनुभएन । जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा फूलमाला एवं दक्षिणा चढाएर यात्रा गराउने अनुमति दिनुभएको थियो । त्यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा सुरु गरिएको थियो । उहाँले पुलुकिसी, मजिपा लाखे, हल्चोक भैरव (शोभा भक्कु) को पनि अवलोकन गर्नुभएको थियो ।
    यसै गरी नेवार समुदायले हर्षोल्लासका साथ शुव्रmबार इन्द्रजात्रा पर्व मनाएका छन् । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने जात्रा ललितपुर, भक्तपुर, धुलिखेललगायतका ठाउँमा पनि मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिन्छ । जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दस अवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाइएको थियो । यस दिन साँझपख घर घरमा बत्ती बाली समय्बजी राखी पूजा गरेपछि बाहिर आएर बाँड्ने चलन छ । गङ्गा क्लबका सदस्य दिनेशमान जोशीले टोलछिमेकका केटाकेटी ‘लाः छकु वय्क सम्य बजी’ भन्दै माग्न आउने गरेको बताउनुभयो । उहाँले इन्द्रजात्रा (येयाँ पुन्ही) को दिन सम्य् नखः (विशेष प्रकारको चिउरालगायत बोडी, मासु, कालो भटमास, छोइला आदिको सम्मिश्रण) का रूपमा मनाइने जानकारी दिनुभयो । यस्तै इन्द्रचोकको आजु द्यः (आकाशभैरव देवता) को अगाडि समय्बजी सजाउनुका साथै पञ्चकार पूजा गरी जाँड (थ्वँ) राखिन्छ । वसन्तपुरको श्वेतभैरव (हाथु द्यः) लाई पनि पञ्चकार पूजा गरी हाथु ह्याकी (रक्सी बाँड्ने) गरिन्छ । रथ ल्याउने बाटोमा दि प्याखं (देवीको नाच) देखाइएको
    थियो ।
    यसरी नाच भइरहेको दबुनजिकै पुगेपछि रथ एकछिन रोकी श्रीकुमारीलाई नाच देखाइन्छ । इन्द्रचोकमा र थ पुगेपछि आजु द्यः समूहबाट पूजाका साथै जाँड पनि चढाइएको थियो । वसन्तपुर दरबार क्षेत्रमा रथ पुगेपछि श्वेतभैरव खलकबाट पूजाको साथमा रक्सी चढाइन्छ । यसलाई नेपाल भाषामा हाथु ह्याकेगु भनिन्छ । यस अवसरमा समय्बजी र रक्सी बाँडिन्छ । यो प्रसाद खाएमा पेटको रोग पनि निको हुन्छ भन्ने विश्वास गरिन्छ । लिच्छविकालदेखि अस्तित्वमा रहेको यस पर्वमा जयस्थिति मल्लको समय (विसं १८१२–१३) मा चलनमा रहेको श्रीकुमारी, श्रीगणेश, श्रीभैरव रथ तान्ने प्रचलनले अझ उल्लासमय बनाएको छ । प्राचीनकालदेखि अस्तित्वमा रहेको यो पर्व राष्ट्रिय पर्व हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट बनेका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण

    रवि–बालेनबीच बुधबार बिहान लामिछाने निवास बुढानिलकण्ठमा भेटवार्ता ।

    जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापा बारे संसदीय समितिले थप अनुसन्धान गर्दै ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    साउदी अरेबियामा ड्रोनको अवशेष लागेर एक नेपाली नागरिक सहित २ जनाको मृत्यु ।

    आज विजया दशमीको दिन, टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Main News

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट बनेका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट बनेका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण २०८३…

    रवि–बालेनबीच बुधबार बिहान लामिछाने निवास बुढानिलकण्ठमा भेटवार्ता ।

    व्यवसाहीको वार्षिक कारोबार हेरेर ग्यासको खुद्रा बिक्रीमा प्यान बिल पनि प्रयोग गर्न सक्ने : प्रवक्ता, नेपाल आयल निगम

    जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापा बारे संसदीय समितिले थप अनुसन्धान गर्दै ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना