काठमाण्डौ महानगरपालिकाद्धारा घरबाहिर फोहोर ननिकाल्न अनुरोध ।
२०८३ असोज १०, शनिबार ।
काठमाडौँ महानगरपालिकाले अविरल वर्षाका कारण उपत्यकाको फोहोर ढुवानी तथा विसर्जन कार्य प्रभावित भएपछि नगरवासीलाई तत्काल घरबाहिर फोहोर ननिकाल्न अनुरोध गरेको छ । महानगरपालिकाले शुव्रmबार सूचना जारी गर्दै केही समयका लागि घर, पसल तथा व्यवसायबाट निस्कने फोहोर बाहिर ननिकाल्न नगरवासीसँग विशेष अनुरोध गरेको हो । महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले लगातारको भारी वर्षाका कारण काठमाडौँ उपत्यकाको फोहोरमैला सङ्कलन तथा ढुवानी सेवा प्रभावित भएको बताउँदै फोहोर विसर्जन गरिने मुख्य ल्यान्डफिल साइट (बन्चरेडाँडा÷सिसडोल) जाने सडक र साइट क्षेत्रमा माथिबाट लेदोसहितको माटो खस्ने र पहिरो जाने व्रmम जारी रहेकाले फोहोर बोकेका गाडी त्यहाँ पुग्न नसकेपछि महानगरले यस्तो कदम चालेको स्पष्ट पार्नुभयो ।



