त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको :
रास्वपा सांसद श्रीराम न्यौपाने ।
२०८३ भाद्र १९, शुक्रबार ।
भोटेकोशी बाढीपछि अहिले खोज तथा उद्धारमा खटिनु भएका रास्वपा सांसद श्रीराम न्यौपानेका अनुसार सेनाले भित्रबाट मानिसको आवाज आएको बताएका छन । नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङ भित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको उनले बताए । सुरुङ भित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त हुनु आशाजनक संकेत भएको उनले बताए ।
उनले अहिले बिहान भनेका छन्, भित्रबाट एकभन्दा बढि आवाज आएको र बाहिरबाट नहात्तिनुस हामी उद्धारमा छौ भनेपछि भित्रबाट हुन्छ भन्ने आवाज आएको जानकारी दिनुभयो । उद्धार कार्यमा खटिनुभएका नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोली तथा सम्पूर्ण उद्धारकर्मी प्रति हार्दिक सम्मान व्यक्त गर्दै आशा छ, सकुशल उद्धारको सुखद खबर छिट्टै सुन्न पाइनेछ भन्नु भएको छ ।
त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आयो जीवित भेटीने आशा अझै रहेको : रास्वपा सांसद श्रीराम न्यौपाने ।
1 Min Read


