देशका विभिन्न ठाँउमा पहिचान नखुलेका शवको व्यवस्थापन गरिदै ।
२०८३ भाद्र १७, बुधबार ।
गत भाद्र १० को रसुवाको भोटेकोशीमा आएको बाढीमा मृत्यु भएर पहिचान नखुलेका शवहरु सहित अन्य पहिचा

न नखुलेका शबहरुको पनि व्यवस्थापन भएको छ । हिजो मंगलबार दिउँसो काठमाडौंको गोकर्णेश्वरस्थित सरकारी वन क्षेत्रमा केही श
व माटोमुनि व्यवस्थापन गरिएका छन् । यसअघि त्यहाँ सोमबार राति पनि ४६ शव व्यवस्थापन गरिएका थिए । यस अघि फिस्लिङदेखि गोलाघाटसम्म संकलन भएर पहिचान नखुलेका शव चितवनमा व्यवस्थापन गरिएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार हिजो दिउँसोसम्म प्राप्त ९८७ शवमध्ये करिब १०० शव काठमाडौं ल्याइएका छन् ।
त्यस्तै पोखरामा पहिचान हुन नसकेका ७६ शवको मंगलबार जमिनमुनि व्यवस्थापन गरिएको छ

। जिल्ला विपद् व्यवस्थापन समितिको सोमबार बसेको बैठकले गरेको निर्णयअनुसार पोखरा–१६ जौबारीमा शव गाडिएको हो । शवहरू कुहिँदै गएको, लामो समयसम्म जोगाउन सक्ने अवस्था नरहेको र दुर्गन्धले अर्को महामारी निम्त्याउन सक्ने जोखिम रहेको भन्दै शवको व्यवस्थापन गरिएको कास्की प्रहरी प्र
मुख एसपी नवीन कार्कीले बताए । भोटेकोशी बाढीले बगाएर विभिन्न जिल्लामा पुर्याएका १ सय २ शव अन्यत्र राख्ने स्थानको अभावमा पोखरा ल्याइएको थियो । गोरखाबाट ११, धादिङबाट २७, पूर्वी नवलपरासीबाट ४१ र तनहुँबा
ट ल्याइएका २३ शवमध्ये पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९२ र मणिपाल शिक्षण अस्पतालमा ९ शव राखिएको थियो ।
चितवनमा डीएनए सुरक्षित राखेर गाडिए पहिचान नखुलेका शवहरु
चितवनमा संकलन भएका शबहरु अत्यधिक सडेगलेका र तत्काल पहिचान गर्न नसकिने शवलाई भरतपुर म
हानगरपालिका–१, रामनगर र देवघाटबीचको जंगल क्षेत्रमा जमिनमुनि व्यवस्थापन गरिएको छ। शव गाड्नुअघि डीएनए नमुना संकलन तथा प्रोफाइलिङ भइरहेको छ। गत शनिबार दिउँसोसम्म १०० भन्दा बढी शवको डीएनए प्रोफाइलिङ पूरा भएको जनाइएको छ। प्रत्येक शवको विवरण, फोटोरभिडियो, जीपीएस लोकेसन र मुचुल्का सुरक्षित राखिने भएकाले पछि पहिचान खुलेमा शव निकालेर परिवारलाई हस्तान्तरण गर्न सकिने व्यवस्था छ। व्यवस्थापनका क्रममा सुरक्षाकर्मीले पीपीई, मास्क र पञ्जा प्रयोग गरिरहेका छन्।
शव व्यवस्थापन कसरी गरिन्छ जमिनमुनि ?
एसपी रमेश पौडेलले घटनास्थलबाट दिएको जानकारीअनुसार भविष्यमा आफन्तले दाबी गर्न आएमा सहजै शव निकालेर दिन सक्ने गरी अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) को मापदण्ड अपनाएर अत्यन्तै व्यवस्थित र वैज्ञानिक तरिका
ले शवहरू गाडिएको बताउनुभयो।
क. डीएनए सङ्कलन र प्रोफाइलिङ : खाडलमा राख्नुअघि प्रत्येक शवको अनिवार्य रूपमा डीएनए नमुना सङ्कलन गरिएको छ। गत शनिबार दिउँसोसम्म १०० भन्दा बढी शवको डीएनए प्रोफाइलिङ सकिएर गाड्न तयार पारिएको थियो।
ख. १.५ मिटर गहिरो खाडल र ४० सेमि. को दूरीस् जङ्गलका सालका रूखहरूलाई असर नपर्ने गरी डेढ मिटर गहिरो खाडल खनिएको छ। एउटा शव र अर्को शवबीच ४० सेन्टिमिटरको दूरी राखेर शवहरूलाई लहरै गाडिनेछ।
ग. प्लास्टिक ब्याग र माटोको प्रयोग : शव वा शवका टुक्राहरूलाई विशेष प्रकारको ब्यागमा प्याक गरिन्छ। ब्यागभित्रै शवको पहिचान खुल्ने सङ्केत नम्बर राखिन्छ। त्यसपछि ब्यागलाई सिधै माटोमाथि राखेर माटोले नै पुरिन्छ।
घ. कंक्रिटको स्ट्यान्ड र सङ्केत नम्बर: शव पुरिसकेपछि भविष्यमा खन्न सजिलो होस् भ
नेर शवको ठीक माथि
नभई अलिकति छेउ मा सानो कंक्रिटको ढलान गरी एउटा स्ट्यान्ड बनाइन्छ। उक्त स्ट्यान्डमा जमिनमु
नि शवसँगै राखिएको सङ्केत नम्बर लेखिन्छ। यसले गर्दा कुन नम्बरको शव कुन ठाउँमा छ भनेर बाहिरैबाट प्रस्ट थाहा हुन्छ।
ङ. जीपीएस म्यापिङ र मुचुल्का: सम्पूर्ण काम सकिएपछि संयुक्त मुचुल्का तयार पारिन्छ। व्यवस्थापन गरिएको ठाउँको भिडियो तथा फोटो खिचिनुका साथै प्रत्येक शव गाडिएको स्थानको ठ्याक्कै लोकेसन थाहा पाउन जीपीएस कोअर्डिनेट वा नक्सांकन तयार गरी रेकर्ड सुरक्षित राखिन्छ।
च. सुरक्षित घेराबन्दी: शव गाडिएको सम्पूर्ण क्षेत्रलाई सुरक्षित राख्न तारबार वा घेराबन्दी गरिनेछ। शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरूले पीपीई, मास्क र पन्जाको प्रयोग गरी उच्च स्वास्थ्य सतर्कता अपनाएका छन्।
शब वेपत्ता भएका आफन्तले कसरी थाहा पाउने ?
बेपत्ता भएका व्यक्तिका आफन्तले आफ्नो सम्बन्धित जिल्लाको जिल्ला अस्पतालमा गएर आफ्नो डीएनए नमु
ना दिनुपर्नेछ। उक्त नमुना चितवनमा सङ्कलन गरेर राखिएको बेवारिसे शवको डीएनएसँग म्याच खाएमा प्रहरीले आफ
न्तलाई खबर गर्नेछ।
डीएनए मिलेपछि आफन्तहरू चितवन आएर सङ्केत नम्बरका आधारमा आफ्नो मान्छेको शव गाडिएको स्थान सजिलै पहिचान गर्न सक्नेछन्। त्यसपछि प्रहरीकै रोहवरमा उक्त शव खनेर निकालेर स(सम्मान अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइने छन्। अब यो प्रक्रिया दिनहु चल्दै जानेछ ।


