रसुवा भोटेकोशी बाढी : सोमबार बेलुका ८ बजेसम्म ९७४ शव फेला
२०८३ भाद्र १६, मंगलबार ।
भाद्र १० गते रसुवाको भोटेकोशीमा गएको बाढीको कारण हिजो रातिसम्म ९७४ जनाको शव फेला परेको छ । नेपाल प्रहरीको सूचनाअनुसार राति ८ बजेसम्म ९७४ शव फेला परेका हुन् । फेला परेका शवमध्ये २८ बालक, ३५ बालिका, २०९ महिला, ३८२ पुरुष छन् । यस्तै, ३२० शवको आंशिक अंग फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ४ हजार ५९९ जना सम्पर्कविहीन छन् ।
हालसम्म ९२७ शवको लास मुचुल्का भएको र ५१ शव परिवारलाई हस्तान्तरण गरेको प्रहरीले जनाएको छ । यस्तै पहिचान नखुलेका ४१३ शव जमिनमुनि व्यवस्थापन गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।

