बाढी आएको पाँचौ दिनमा सुरूङभित्र उद्धार गर्न चिनियाँ र भारतीय टोली खटिए ।
२०८३ भाद्र १४, आइतबार ।
भाद्र १० मा भोटेकोशी नदीमा आएको वाढीका कारण पाँचौ दिनसम्म पनि प्रभावित जलविद्युत आयोजनाहरूका सुरूङमा फसेका श्रमिकरकर्मचारीको उद्धार गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएर खोजी तथा उद्धार गरिरहे पनि साधन स्रोतको कमिभएको हुनाले विदेशी टोलीलाई पनि खोजी तथा उद्धार कार्यमा आज आइतबारबाट भारतीय र चिनियाँ उद्धारकर्मीको टोली पनि परिचालन गरिएको छ।
सरकार पछिल्लो समय रसुवा र नुवाकोटमा रहेका जलविद्युत आयोजनाभित्र थुनिएर बसेकाहरूको उद्धारमा सुरक्षा निकाय केन्द्रित छ। अहिले जलविद्युत आयोजनाभित्र उद्धारमा जान थुनिएको सुरूङ खोल्ने काम भइरहेको छ। चारवटामा खोजीको काम भइरहेको छ, उनले भने। त्रिशूली(३, एु (६० मेगावाट) र माथिल्लो त्रिशूली(३ – बी (३७ मेगावाट) मा काम भइरहेको छ। माथिल्लो त्रिशुली(१ (२१६ मेगावाट) र चिलिमे जलविद्युत आयोजना (२२ मेगावाट) मा पनि उद्धार र खोजीको प्रयास भइरहेको छ। नेपाली सेनाका अनुसार त्रिशूली-३ – एु मा नेपाली सेनासहित ९३ जनाको टोली खटिएको छ भने माथिल्लो त्रिशूली-१ मा चिनियाँ टोली र नेपाली सेना उद्धारका लागि खटिएका छन्।
चिलिमे जलविद्युत आयोजनामा भने भारतीय उद्धार टोली र नेपाली सेनाको टोली खटिएका छन्। शनिबार ५ जना र आइतबार थप ४ जना चिनियाँ उद्धारकर्मी नेपाल आइपुगेका हुन्। उनीहरू केरूङ क्षेत्रबाट रसुवास्थित बाढी प्रभावित क्षेत्र पुगेका छन्। भारतबाट शुक्रबार नै ५ सदस्यीय सुरूङ उद्धार टोली घटनास्थल रेकी गर्न आइपुगेको थियो। शनिबार फेरि १३ सदस्यीय भारतीय सुरूङ उद्धार टोली काठमाडौं आएर प्रभावित क्षेत्र पुगेको छ। माथिल्लो त्रिशूली(३ बीु मा १२२ जना, माथिल्लो त्रिशूली–३ एु मा ४२ जना र चिलिमे ८ जना हुनसक्ने आशंका छ। त्रिशुली(३ -बीु बाट यसअघि ११ जनाको उद्धार भइसकेको छ। माथिल्लो त्रिशूली-१ मा ५७६ जनामध्ये अहिलेसम्म २५४ जनाको उद्धार भएको छ। ३०० जना सुरूङमा फसेको आशंका छ।

