रसुवा, नुवाकोट र धादिङमा बाढीले कुन कुन विद्यालयमा कस्तो क्षति ?
२०८३ भाद्र १३, शनिबार ।
भाद्र १० गते बुधबार बिहान तिब्बतबाट आएको बाढी नेपालमा प्रवेश गरेको जिल्ला रसुवा, नुवाकोट र धादिङका विद्यालयमा क्षति के कति भएको यकिन जानकारी आउन सकेको छैन । तैपनि जे जति प्राप्त हुनसक्यो त्यसैको आधारमा समाचार तयार पारेका छोै । हालसम्म
रसुवा जिल्लामा क्षती भएका विद्यालयहरु ( स्रोत: जीवन दाहाल, सूचना अधिकारी, शिक्षा विकास तथा समन्वय इकाई, रसुवा)
१. मालिदेवी आ.मा.वि. –उत्तरगया ४ – भवन पूर्ण क्षति (मानविय क्षति एकिन नभएको)
२. चिप्लेटी आ.बि. –उत्तरगया १, –भवन पूर्ण क्षति (मानविय क्षति एकिन नभएको)
३. मोर्डन ट्रिनिटी बोर्डिङ स्कुल, –उत्तरगया –भवन पूर्ण क्षति (मानविय क्षति एकिन नभएको)
४. नेपाल राष्ट्रिय आ.बि, –गोसाइकुण्ड, टिमुरे –भवन पूर्ण क्षति (मानविय क्षति एकिन नभएको) (१० जना शिक्षकहरूमध्ये हाल तीन जना मात्र सम्पर्कमा)
५. निलकण्ठ मा.वि.मा – क्षती नभएको तर लगभग २०० जना विद्यार्थी सम्र्पक बाहिर
नुवाकोट जिल्लामा (स्रोत : शिक्षा विकास तथा समन्वय एकाइ, नुवाकोट प्रमुख सुर्यबहादुर खत्री)
१.त्रिभुवन त्रिशूल माध्यमिक विद्यालय – विदुर नगरपालिका–५ पूर्ण रुपमा क्षति भएको विद्यार्थी १६५० शिक्षक ६२ जना ( १ जना शिक्षक र १ जना कार्यालय सहयोगी सम्र्पक विहिन)
२. चण्डेश्वरी मा.वि. छात्रावास (दृष्टि बिहिनको लागी )– विदुर नगरपालिका –७ तुप्चे विद्यार्थी ६०० शिक्षक ३०
३. रामचन्द्र आधारभूत विद्यालय – विदुर नगरपालिका–१०, वेत्रावती १५० विद्यार्थी ७ शिक्षक ५ भवन पूर्ण क्षति
४. त्रिशुली सामुदायिक बाडिङ् स्कुल –विदुर नगरपालिका –भवन पूर्ण क्षति २५० विद्यार्थी १५ शिक्षक ( मानविय क्षति एकिन नभएको)
४. पायोनियर बोडिङ स्कुल – विदुर नगरपालिका–७, सामान्य क्षति
५. उत्तरगया पब्लिक इङ्ग्लिस सेकेन्डरी स्कूल (उत्तरगया बोर्डिङ स्कूल) –विदुर नगरपालिका १०, बेत्रावती नजिक) ३७० जना विद्यार्थी ५० प्रतिशत मात्र सम्र्पमा आएका
६. जेडी बोडिङ स्कुल, – विदुर नगरपालिका– देबिघाट भवनमा सामान्य क्षति पुगेको छ ।
७. त्रिभुवन बहुमुखी क्याम्पस – विदुर नगरपालिका –पूर्ण क्षति
धादिङमा कुनै पनि विद्यालय पूर्णरुपमा क्षति भएका छैनन । तर विद्यालयमा विभिन्न स्तरको क्षति पुगेको छ। ( स्रोत: बिजय तामाङ, सूचना अधिकारी, शिक्षा विभाग
शिक्षा विकास तथा समन्वय एकाइ, धादिङ)
१. सक्सेस एकेडेमी– गल्छी
२. बागेश्वरी मा.वि., –गल्छी
३. अम्लेश्वर गुरुकुल,– गल्छी
४. जलेश्वरी मा.वि. – सिद्धलेक
हालसम्म विद्यार्थीको मृत्यु भएको आधिकारिक पुष्टि भएको छैन र ३ जना सरकारी शिक्षक र १ जना नीजि विद्यालयमा पढाउने शिक्षक उहाँहरु गोसाइकुण्ड जानुभएको थियो आजसम्म उहाँहरु सम्र्पक नआएको जानकारी प्राप्त भएको छ । (फोनको आधारमा भएको डाटा हो, केही सच्चाउनुपर्ने भएमा जानकारी गराइदिनुहोला ।)

