राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेताहरु आउने क्रम जारी ।
२०८३ भाद्र ११, बिहिबार ।
हिजो बिहान तिब्बततर्फबाट आएको बाढीले पुर्याएको क्षति, उद्वार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बोलाएका थिए । उक्त आव्हान अनुसार आज बिहीबार ९ बजेकोलागी आव्हान गरेको सर्वदलीय बैठकमा विभिन्न दलका नेताहरु आउने क्रम जारी छ । बैठक सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्ने रास्वपा सचिवालयले जनाएको छ । बैठकमा संसदमा रहेका सबै दलहरुलाई बोलाइएको छ । बुधबार आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ। खोज तथा उद्धारको कार्य जारी छ । भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रका बस्तीहरु बगेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेताहरु आउने क्रम जारी ।
1 Min Read

