Close Menu
    What's Hot

    ‘अरे, रे’ले निम्त्याउछ द्वन्द्व, निश्चित प्रमाण नभई सुनेको भरमा अरु कसैलाई नहोच्याउ ।

     नेपाली क्रिकेट : एसीसी पुरुष प्रिमियर कपको उपाधी जित्दै सन २०२७ जुनमा बंगलादेशमा हुने एसिया कपका लागी छनौट ।

    योगमाता केईको ऐकावा, महाँयोग फोउन्डेशन र पाइलट बाबा आश्रमद्धारा नेपालका बाढी पिडितको लागी राहत सहयोग ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २९ भाद्र २०८३, सोमबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २९ भाद्र २०८३, सोमबार

    नेपाली कांग्रेसको नेतृत्व र विशेष अधिवेशन सम्बन्धी फैसलामा सर्बोच्च अदालतबाट त्रुटि नभएको र गगन थापा नै सभापती ।

    August 27, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    २०८३ भाद्र ११, बिहिबार ।
    नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलामा भएको भनिएको त्रुटि सच्याउन माग गर्दै दिएको निवेदन अदालतले अस्वीकार गरेको छ । सर्वोच्च अदालतको संयुक्त इजलास न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाकोले यस अघि भएको आदेशमा रिट निवेदन तथा प्रत्यर्थीको लिखित जवाफमा उल्लेख भएको नाम, थर, वतन र पद नै उल्लेख भएको देखिएको भन्दै फैसलामा त्रुटि नरहेको निष्कर्ष निकालेको हो ।
    देउवाले निर्वाचन आयोग, बहादुर भवन, कान्तिपथ, काठमाडौँसमेतलाई विपक्षी बनाएर फैसलामा भएको त्रुटि संशोधन गरिपाऊँ भन्दै सर्वोच्चमा निवेदन दिएका थिए । उक्त निवेदनमा यस अदालतबाट मिति २०८३ वैशाख १८ गते भएको आदेशमा प्रत्यर्थी खण्डमा नेपाली कांग्रेसको अवैधानिक विशेष अधिवेशनबाट निर्वाचित भएको भनिएको गगनकुमार थापाको अध्यक्षता भनी नामकरण गरी प्रचारित गरिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिलाई विपक्षी बनाइएको उल्लेख भएको भन्दै त्यसलाई सच्याउन माग गरिएको थियो ।

    निवेदक देउवाको तर्फबाट पेस भएको निवेदनमा विपक्षी नबनाइएको व्यक्तिको नाम आदेशमा उल्लेख भएकाले फैसलामा त्रुटि भएको दाबी गरिएको थियो । उक्त त्रुटि सच्याई पाऊँ भन्ने मागसहित निवेदन पेस भएको सर्वोच्चको आदेशमा उल्लेख छ । तर, सर्वोच्चले रिट निवेदन तथा त्यससँग सम्बन्धित कागजात अध्ययन गर्दा आदेशमा उल्लेख भएका विवरणमा कानुनी रूपमा संशोधन गर्नुपर्ने अवस्था नरहेको ठहर गरेको छ । संयुक्त इजलासले रिट निवेदनमा उल्लेख भएबमोजिमको नाम, थर, वतन र पद तथा प्रत्यर्थीको हकमा निज प्रत्यर्थीले आफ्नो लिखित जवाफमा उल्लेख गरेको नाम, थर, वतन र पद नै उक्त आदेशमा उल्लेख भएको देखिएको जनाएको छ । सर्वोच्चले रिट निवेदन, प्रत्यर्थीहरूको लिखित जवाफ तथा सम्बन्धित प्रमाणहरू समेतको समुचित मूल्याङ्कन गरी समग्रतामा अध्ययन गरेर अन्तिम आदेश वा फैसला हुने भएकाले निवेदन पत्र वा फिराद पत्रमा उल्लेख भएबमोजिम मात्रै आदेश वा फैसलामा लेखिनुपर्ने भन्ने देउवाको माग स्वीकार गर्न नसकिने स्पष्ट गरेको छ ।

    आदेशमा भनिएको छ, ‘कानुनबमोजिम गर्नु’ भनी देउवाको मागबमोजिम आदेश वा फैसलामा संशोधन गर्न नमिल्ने देखिएको छ । देउवाले यसअघि सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनसँग सम्बन्धित आदेशमा नेपाली कांग्रेसको नेतृत्व र विशेष अधिवेशनसम्बन्धी विषयमा नाम उल्लेख भएकोप्रति आपत्ति जनाउँदै त्रुटि सच्याउन माग गरेका थिए । सोही मागमाथि सुनुवाइ गर्दै सर्वोच्चले आदेशमा तथ्यगत रूपमा त्रुटि नदेखिएको भन्दै निवेदन अस्वीकार गरेको हो । सर्वोच्चको आदेशसँगै देउवाले फैसलामा उल्लेख भएको नाम तथा विवरण संशोधन गर्न गरेको प्रयास तत्कालका लागि टुङ्गिएको छ । अदालतले रिट निवेदन र प्रत्यर्थीका लिखित जवाफमा उल्लेख भएका विवरणकै आधारमा आदेश तयार भएको स्पष्ट पारेको छ । वैशाख ४ को फैसलाको पूर्ण पाठमा उल्लेखित ‘गगनकुमार थापा’ नाम हटाइ ‘विशेष महाधिवेशन’ को नेतृत्व शब्द राख्न देउवाले निवेदन दिएका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    ‘अरे, रे’ले निम्त्याउछ द्वन्द्व, निश्चित प्रमाण नभई सुनेको भरमा अरु कसैलाई नहोच्याउ ।

    योगमाता केईको ऐकावा, महाँयोग फोउन्डेशन र पाइलट बाबा आश्रमद्धारा नेपालका बाढी पिडितको लागी राहत सहयोग ।

    राष्ट्रिय विज्ञापन संघ नेपालद्वारा नुवाकोटका बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण ।

    अनलाइनबाट मार्फत हुदै आएका सूचना तथा टेन्डर अब कागजी प्रक्रिया मार्फत ।

    काठमाडौँ महानगर पालिकाले जलन उपचारका लागि अस्पताललाई २ करोड र लक्षित वर्गलाई २ लाखसम्म निःशुल्क उपचार प्रदान गर्ने ।

    हिजो संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरेको सम्बोधन ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Main News

    ‘अरे, रे’ले निम्त्याउछ द्वन्द्व, निश्चित प्रमाण नभई सुनेको भरमा अरु कसैलाई नहोच्याउ ।

    ‘अरे, रे’ले निम्त्याउछ द्वन्द्व, निश्चित प्रमाण नभई सुनेको भरमा अरु कसैलाई नहोच्याउ । मिति २०८३…

     नेपाली क्रिकेट : एसीसी पुरुष प्रिमियर कपको उपाधी जित्दै सन २०२७ जुनमा बंगलादेशमा हुने एसिया कपका लागी छनौट ।

    योगमाता केईको ऐकावा, महाँयोग फोउन्डेशन र पाइलट बाबा आश्रमद्धारा नेपालका बाढी पिडितको लागी राहत सहयोग ।

    राष्ट्रिय विज्ञापन संघ नेपालद्वारा नुवाकोटका बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना