Close Menu
    What's Hot

    ‘अरे, रे’ले निम्त्याउछ द्वन्द्व, निश्चित प्रमाण नभई सुनेको भरमा अरु कसैलाई नहोच्याउ ।

     नेपाली क्रिकेट : एसीसी पुरुष प्रिमियर कपको उपाधी जित्दै सन २०२७ जुनमा बंगलादेशमा हुने एसिया कपका लागी छनौट ।

    योगमाता केईको ऐकावा, महाँयोग फोउन्डेशन र पाइलट बाबा आश्रमद्धारा नेपालका बाढी पिडितको लागी राहत सहयोग ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २९ भाद्र २०८३, सोमबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २९ भाद्र २०८३, सोमबार

    ९२ वटा संस्थागत विद्यालयको अनुमति रद्द गर्ने प्रक्रियामा : काठमाडौं महानगरपालिका

    August 22, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालित ९२ वटा संस्थागत विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने प्रक्रिया अघि बढाएको छ ।
    २०८३ भाद्र ०६, शनिबार ।


    महानगरपालिकाको शिक्षा विभागले ९२ वटा विद्यालयलाई अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने कारणबारे ३५ दिनभित्र आवश्यक कागजातसहित आफ्नो विवरण तथा जवाफ पेस गर्न सूचना जारी गरेको हो । प्रचलित कानुनअनुसार अनुमति वा स्वीकृति लिएर सञ्चालनमा रहेका तर हाल अनुमति खारेज गर्नुपर्ने अवस्थामा रहेका विद्यालयलाई विभागले निर्धारित समयभित्र आवश्यक प्रमाणसहित उपस्थित हुन भनेको छ ।
    शिक्षा विभागका प्रमुख नवराज ढकालका अनुसार शिक्षा ऐन, २०७५ को दफा ३६ बमोजिम अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने देखिएपछि सम्बन्धित विद्यालयलाई स्पष्टीकरणको अवसर दिइएको हो । तोकिएको अवधिमा चित्तबुझ्दो जवाफ वा आवश्यक कागजात प्राप्त नभए अनुमति वा स्वीकृति रद्द गर्ने प्रक्रिया अघि बढाइने उनले बताए । महानगरपालिकाले यसअघि पनि कागजमा मात्र दर्ता भएर व्यवहारमा सञ्चालनमा नरहेका संस्थागत विद्यालयको स्थलगत अनुगमन गरी अनुमति खारेज गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । नगर शिक्षा समितिको बैठकले लामो समयदेखि सञ्चालनमा नरहेका तथा कागजी रूपमा मात्रै अस्तित्वमा रहेका विद्यालयको अनुमति खारेज गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।
    महानगरपालिकाले संस्थागत विद्यालयको सञ्चालनसँगै कक्षा तथा विषय थप, विद्यालयको नाम र स्थान परिवर्तन तथा स्वामित्व परिवर्तनलगायत विषयमा पनि प्रचलित कानुन र निर्धारित मापदण्डअनुसार प्रक्रिया अघि बढाउँदै आएको जनाएको छ । ९२ विद्यालयसम्बन्धी पछिल्लो सूचनाले महानगरभित्र दर्ता भएर सञ्चालनमा नरहेका वा कानुनी मापदण्ड पूरा नगरेका संस्थागत विद्यालयको अभिलेख व्यवस्थापन तथा नियमनलाई थप कडाइ गर्ने संकेत गरेको छ ।

    ९२ वटा विद्यालयको

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    ‘अरे, रे’ले निम्त्याउछ द्वन्द्व, निश्चित प्रमाण नभई सुनेको भरमा अरु कसैलाई नहोच्याउ ।

    योगमाता केईको ऐकावा, महाँयोग फोउन्डेशन र पाइलट बाबा आश्रमद्धारा नेपालका बाढी पिडितको लागी राहत सहयोग ।

    राष्ट्रिय विज्ञापन संघ नेपालद्वारा नुवाकोटका बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण ।

    अनलाइनबाट मार्फत हुदै आएका सूचना तथा टेन्डर अब कागजी प्रक्रिया मार्फत ।

    काठमाडौँ महानगर पालिकाले जलन उपचारका लागि अस्पताललाई २ करोड र लक्षित वर्गलाई २ लाखसम्म निःशुल्क उपचार प्रदान गर्ने ।

    हिजो संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरेको सम्बोधन ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Main News

    ‘अरे, रे’ले निम्त्याउछ द्वन्द्व, निश्चित प्रमाण नभई सुनेको भरमा अरु कसैलाई नहोच्याउ ।

    ‘अरे, रे’ले निम्त्याउछ द्वन्द्व, निश्चित प्रमाण नभई सुनेको भरमा अरु कसैलाई नहोच्याउ । मिति २०८३…

     नेपाली क्रिकेट : एसीसी पुरुष प्रिमियर कपको उपाधी जित्दै सन २०२७ जुनमा बंगलादेशमा हुने एसिया कपका लागी छनौट ।

    योगमाता केईको ऐकावा, महाँयोग फोउन्डेशन र पाइलट बाबा आश्रमद्धारा नेपालका बाढी पिडितको लागी राहत सहयोग ।

    राष्ट्रिय विज्ञापन संघ नेपालद्वारा नुवाकोटका बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना