Close Menu
    What's Hot

    ‘अरे, रे’ले निम्त्याउछ द्वन्द्व, निश्चित प्रमाण नभई सुनेको भरमा अरु कसैलाई नहोच्याउ ।

     नेपाली क्रिकेट : एसीसी पुरुष प्रिमियर कपको उपाधी जित्दै सन २०२७ जुनमा बंगलादेशमा हुने एसिया कपका लागी छनौट ।

    योगमाता केईको ऐकावा, महाँयोग फोउन्डेशन र पाइलट बाबा आश्रमद्धारा नेपालका बाढी पिडितको लागी राहत सहयोग ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २९ भाद्र २०८३, सोमबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २९ भाद्र २०८३, सोमबार

    नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठको नियुक्ति बदर, अब नयाँ प्रक्रियाबाट नियक्त गर्नुपर्ने । 

    August 21, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठको नियुक्ति बदर, अब नयाँ प्रक्रियाबाट नियक्त गर्नुपर्ने । 
    २०८३ भाद्र ०५, शुक्रबार, ( साउन शुक्ल नवमी )
    नेपाल सरकारले गत नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेका श्री महेश्वरभक्त श्रेष्ठको नियुक्ति कानुन सम्मत नभएको भन्दै सर्बोच्च अदालतले बदर गरिदिएको छ । न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले बिहीबार उनीविरुद्ध उपेन्द्रबहादुर कार्कीले अन्तिम सुनुवाइ गर्दै नियुक्ति कानुनसम्मत नभएको ठहर गरेको हो । तर निवेदक उपेन्द्रबहादुर कार्कीले आफू अध्यक्ष हुनपर्ने भनेर राखेको मागमा भने दाबी नपुगेको सर्वोच्चले आदेशमा भनेको छ ।
    निगमको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकमा श्रेष्ठको नियुक्ति सरकारको कार्यविधि विपरीत समेत देखिएको थियो । पर्यटन मन्त्रालय सम्बद्ध ‘सार्वजनिक निकायका सदस्य तथा पदाधिकारी नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड २०७३’ अनुसार कुनै निकायको कार्यकारी प्रमुख नियुक्त हुने व्यक्तिको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्छ ।
    निम्न आधारका कारणमा उक्त निर्णय बदर गरेको छ
    १. योग्यताक्रम (मेरिट) लाई मिचिएको:. सरकारले पहिलो नम्बरमा रहेका कार्कीलाई पाखा लगाएर योग्यताक्रममा पछाडि रहेका महेश्वरभक्त श्रेष्ठलाई नियुक्ति दिएको थियो । अदालतले योग्यताक्रम (मेरिट) लाई मिचेर गरिएको यस्तो नियुक्तिलाई गैरकानुनी ठहर गरेको हो ।
    २. उमेरको हद: पर्यटन मन्त्रालय सम्बद्ध ‘सार्वजनिक निकायका सदस्य तथा पदाधिकारी नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड २०७३’ अनुसार कुनै निकायको कार्यकारी प्रमुख नियुक्त हुने व्यक्तिको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्छ ।
    ३. अवकाशप्राप्त व्यक्तिको नियुक्ति: श्रेष्ठ निगमबाटै अवकाश प्राप्त कर्मचारी हुन् । अवकाश प्राप्त व्यक्तिलाई पुनः सोही संस्थाको कार्यकारी प्रमुखमा नियुक्ति गर्दा पालना गर्नुपर्ने कानुनी सर्तहरू पूरा नभएको र यसले संस्थागत सुशासनमा प्रश्न उठाएको रिटमा उल्लेख थियो, जसलाई अदालतले गम्भीरतापूर्वक लिएको छ ।
    ४.सरकारी स्वेच्छाचारिता : सञ्चालक समिति सदस्य कार्कीले दायर गरेको रिटमा सरकारले स्वेच्छाचारी ढङ्गले आफूखुसी नियुक्ति गरेको आरोप लगाइएको थियो । अदालतले प्रक्रियागत रूपमा पहिलो नम्बरमा रहेका उम्मेदवारलाई उपेक्षा गरी विना ठोस आधार दोस्रो वा तेस्रो व्यक्तिलाई नियुक्त गर्नु कानुनको मर्म विपरीत हुने ठहर गरेको छ।
    अदालतले अब कार्यकारी अध्यक्ष नियुक्तिका लागि नयाँ प्रक्रिया सुरु गर्न सरकारका नाममा निर्देशनात्मक आदेशसमेत जारी गरेको छ । भने अब सबै नयाँ प्रक्रियाबाट शुरु हुनेछ । यस अगाडी नेपाल नागरीक उड्डयान प्राधिकरणमा पनि सरकारले गरेका नियुक्तिहरु बारम्बार रद्ध हुनुले सरकार नियम कानुन पालना गर्नु भन्दा पनि आफ्ना मान्छेलाई कहाँ कसरी नियुक्ती दिने भन्ने तर्फ रहेको बुझिन्छ ।

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    ‘अरे, रे’ले निम्त्याउछ द्वन्द्व, निश्चित प्रमाण नभई सुनेको भरमा अरु कसैलाई नहोच्याउ ।

    योगमाता केईको ऐकावा, महाँयोग फोउन्डेशन र पाइलट बाबा आश्रमद्धारा नेपालका बाढी पिडितको लागी राहत सहयोग ।

    राष्ट्रिय विज्ञापन संघ नेपालद्वारा नुवाकोटका बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण ।

    अनलाइनबाट मार्फत हुदै आएका सूचना तथा टेन्डर अब कागजी प्रक्रिया मार्फत ।

    काठमाडौँ महानगर पालिकाले जलन उपचारका लागि अस्पताललाई २ करोड र लक्षित वर्गलाई २ लाखसम्म निःशुल्क उपचार प्रदान गर्ने ।

    हिजो संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरेको सम्बोधन ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Main News

    ‘अरे, रे’ले निम्त्याउछ द्वन्द्व, निश्चित प्रमाण नभई सुनेको भरमा अरु कसैलाई नहोच्याउ ।

    ‘अरे, रे’ले निम्त्याउछ द्वन्द्व, निश्चित प्रमाण नभई सुनेको भरमा अरु कसैलाई नहोच्याउ । मिति २०८३…

     नेपाली क्रिकेट : एसीसी पुरुष प्रिमियर कपको उपाधी जित्दै सन २०२७ जुनमा बंगलादेशमा हुने एसिया कपका लागी छनौट ।

    योगमाता केईको ऐकावा, महाँयोग फोउन्डेशन र पाइलट बाबा आश्रमद्धारा नेपालका बाढी पिडितको लागी राहत सहयोग ।

    राष्ट्रिय विज्ञापन संघ नेपालद्वारा नुवाकोटका बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना