कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज विश्वासको मत लिँदै ।
२०८३ भाद्र ०३, बुधबार ।
नेपाली कांग्रेस र नेकपा एमाले बिच प्रदेश सरकारमा देखिएको खटपट पछि नेकपा एमाले र नेकपा मिलेर प्रदेश सरकार निर्माण गरिरहेका छन । त्यसै क्रममा कर्णाली प्रदेशमा मुख्यमन्त्री नेकपालाई परेको थियो । उक्त पाटीबाट मुख्यमन्त्रीमा मंगलबहादुर शाही साउन १२ गते नियुत्त हुनु भएको थियो । उहाँले आज दिउँसो ३ बजे प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। तर, विश्वासको मत लिनुअघि नै सत्ता साझेदार दलहरूबीच खटपट देखिएको छ। नेकपा र एमालेबीच मन्त्रालय बाँडफाँटको विषयमा सहमति हुन नसक्दा सरकार गठन भएको तीन साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। अहिले मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा उनी एक्लै छन्।
४० सदस्यीय कर्णाली प्रदेशसभामा विश्वासको मतका लागि २१ सांसदको समर्थन आवश्यक हुन्छ। सत्ता साझेदार नेकपा र एमालेसँग २४ सांसद रहेकाले सामान्य अवस्थामा मुख्यमन्त्री शाहीले विश्वासको मत पाउने देखिन्छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज विश्वासको मत लिँदै ।
1 Min Read


