किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश ।
२०८३ भाद्र ०१, सोमबार ।
किशोर श्रेष्ठलाई गैरकानूनीरुपमा गिरफ्तार गरिएको भन्दै उनकी पत्नीले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । शनिबार र आइतबार बिदा परेकोले उक्त रिट आज न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजालासमा परेको थियो । उक्त इजलासले किशोर श्रेष्ठलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न भनेको छ।

