Close Menu
    What's Hot

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट बनेका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण

    रवि–बालेनबीच बुधबार बिहान लामिछाने निवास बुढानिलकण्ठमा भेटवार्ता ।

    व्यवसाहीको वार्षिक कारोबार हेरेर ग्यासको खुद्रा बिक्रीमा प्यान बिल पनि प्रयोग गर्न सक्ने : प्रवक्ता, नेपाल आयल निगम

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १३ कार्तिक २०८३, बिहीबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १३ कार्तिक २०८३, बिहीबार

    स्थानीय विक्रेतामार्फत नै ग्यास बिक्री वितरण गर्न शुरु ।

    August 17, 20263 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्थानीय विक्रेतामार्फत नै ग्यास बिक्री वितरण गर्न शुरु ।
    २०८३ भदौ ०१,सोमबार (नागे पञ्चमी)Dharan Sub-Metropolitan inspects dealers after gas shortage | Hamro Patro
    विभिन्न स्थानमा बिक्री केन्द्र तोकेर उद्योगबाट ग्यास बिक्री हुुन थालेपछि ग्यास विक्रेता महासङ्घले नेपालले स्थानीय विक्रेतामार्फत वितरण गर्न माग गरेको छ । महासङ्घले आइतबार विज्ञप्ति जारी गरी मुलुकभर एलपी ग्यासको चरम अभाव भइरहेका बेला उद्योग र बिक्री केन्द्रबाट भइरहेको ग्यासको बिक्री तत्काल रोक गरी विक्रेतामार्फत वितरण गर्न सरकारसँग माग गरेको हो । स्थानीय विक्रेतामार्फत ग्यास वितरण गर्दा उपभोक्तालाई सहज हुने भएकाले जतिसक्दो सो व्यवस्था मिलाउन महासङ्घले अनुुरोध गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल आयल निगमको समन्वयमा उद्योगले शनिबार विभिन्न पाँच ठाउँ र आइतबार सात ठाउँबाट ग्यास वितरण गरेका थिए । महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालले स्थानीय डिपोबाट ग्यास वितरण गर्दा उपभोक्तालाई सहज हुने हुुँदा उद्योगबाट हुने वितरणको कार्य बन्द गर्नुुपर्ने बताउनुुभयो ।
    प्रभावकारी वितरण च्यानललाई पन्छाएर उद्योगले आफैँ ग्यास बेच्ने सरकारको निर्णयले उपभोक्ताले दुुःख खेप्नुु परेको उहाँको भनाइ छ । ग्यास विक्रेता/डिलरमार्फत ग्यास वितरण गर्दा उपभोक्ताले घरनजिकैबाट ग्यास पाउने र बिक्री केन्द्रबाट ग्यास वितरण गर्दा टाढाका उपभोक्तालाई थप समस्या परेको अर्यालले भनाइ छ । महासङ्घका अनुसार चार महिनामा करिब ६० हजार मेट्रिकटन कम आयात भएको, ग्यासको वितरण च्यानल विक्रेतातामार्फत ग्यास बिक्री नगरी ग्यास उद्योग र विभिन्न बिक्री केन्द्रमार्फत ग्यास बेच्ने निर्णयले ग्यासको अभाव थप जटिल बन्दै हो । बजारमा चाहिनेभन्दा बढी सङ्ख्यामा सिलिन्डर वितरण भएको र नयाँ सिलिन्डर बिक्री नरोकिएकाले आगामी दिनमा समस्या थप जटिल बनेर आउने महासङ्घले जनाएको छ ।

    सरकार, उद्योग र बिक्री केन्द्रका नामबाट आफँै ग्यास बेच्ने अनि अनुगमनका नाममा आम विक्रेतालाई अनावश्यक दुःख दिने सरकारी रवैया रहेको आरोप लगाउँदै त्यसप्रति महासङ्घले आपत्ति प्रकट गरेको छ । यसैबिच नेपाल आयल निगमका अनुसार शनिबारसम्म ५४ हजार ५०५ मेट्रिक टन ग्यास आयात भएको छ । सो अवधिमा ३८ लाख ३८ हजार ४१० सिलिन्डर बजारमा वितरण भएको छ । बजारमा ग्यासको अभाव भने अझै कम हुुन सकेको छैन । ग्यास नपाउँदा उपभोक्ताले दुुई सातादेखि अभाव खेप्नुु परेको छ । सामान्य अवस्थामा ४५ हजार मेट्रिक टनदेखि ४६ हजार मेट्रिक टन माग रहेकोमा आधा तौलबाट पूर्ण तौलमा जाँदा बजारमा ग्यासको माग ह्वात्तै बढ्न गएको निगमको भनाइ छ । बजारमा देखिएको ग्यासको अभाव कम गर्र्र्न तीन महिनाका लागि ६० हजार मेट्रिक टनका दरले ग्यासको आयात गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतलाई पत्राचार गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । पश्चिम एसियाली मुलुकमा भएको युुद्धको असरले गर्दा बजारमा ग्यासको अभाव भएको हो । गत २८ फागुुनदेखि आधा तौलको सिलिन्डर
    वितरण गर्दै आएकोमा एक महिनाअघिदेखि पूर्ण तौलको सिलिन्डर वितरण खुुला गरिएको थियो । मन्त्रालयले एक सूचना प्रकाशित गर्दै आजबाट डिलरहरुबाटनै ग्यास बिक्री वितरण गर्ने भएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट बनेका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण

    रवि–बालेनबीच बुधबार बिहान लामिछाने निवास बुढानिलकण्ठमा भेटवार्ता ।

    जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापा बारे संसदीय समितिले थप अनुसन्धान गर्दै ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    साउदी अरेबियामा ड्रोनको अवशेष लागेर एक नेपाली नागरिक सहित २ जनाको मृत्यु ।

    आज विजया दशमीको दिन, टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Main News

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट बनेका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट बनेका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण २०८३…

    रवि–बालेनबीच बुधबार बिहान लामिछाने निवास बुढानिलकण्ठमा भेटवार्ता ।

    व्यवसाहीको वार्षिक कारोबार हेरेर ग्यासको खुद्रा बिक्रीमा प्यान बिल पनि प्रयोग गर्न सक्ने : प्रवक्ता, नेपाल आयल निगम

    जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापा बारे संसदीय समितिले थप अनुसन्धान गर्दै ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना