Close Menu
    What's Hot

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट बनेका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण

    रवि–बालेनबीच बुधबार बिहान लामिछाने निवास बुढानिलकण्ठमा भेटवार्ता ।

    व्यवसाहीको वार्षिक कारोबार हेरेर ग्यासको खुद्रा बिक्रीमा प्यान बिल पनि प्रयोग गर्न सक्ने : प्रवक्ता, नेपाल आयल निगम

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १३ कार्तिक २०८३, बिहीबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १३ कार्तिक २०८३, बिहीबार

    निजामती सेवामा कर्मचारीको सेवाअवधि अधिकतम ३०-५५ वर्ष कायम रहने विषयमा कानुन मन्त्रालयको सकारात्मक राय ।

    August 11, 20263 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    निजामती सेवामा कर्मचारीको सेवाअवधि अधिकतम ३०-५५ वर्ष कायम रहने विषयमा कानुन मन्त्रालयको सकारात्मक राय ।
    २०८३ साउन २६, मंगलबार ।
    गत जेठमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५५ वर्ष उमेर पुगेका वा ३० वर्ष सेवावधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने प्रस्तावसहित संघीय निजामती सेवा ऐनको मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको थियो । त्यतीवेला देखी नै मस्यौदामा ‘एक पटकका लागि ५५ वर्ष उमेर वा ३० वर्ष सेवावधि राखेर १० देखि १५ हजार कर्मचारीलाई अवकाश दिएर बाकी युवा पुस्ताका कर्मचारीको अवकाश उमेरसीमा ६० वर्ष राख्न प्रस्ताव गरिएको छ। नयाँ सरकारको भावनाअनुसार कर्मचारी वृतमा पनि पुरानो पुस्तालाई बिदा गरी नयाँ पुस्ता ल्याउन यस्तो प्रस्ताव गरिएको हो’, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले भन्यो।
    लगभग २ महिना कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा छलफल गरेपछि केहि बुदाहरुमा संसोधन र केही बुदाहरु यथावत राखेर अघि बढाउन सकारात्मक राय दिएसँगै विधेयक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता भएको हो । कानुन मन्त्रालयबाट सकारात्मक राय प्राप्त भएसँगै अब सामान्य प्रशासन मन्त्रालयले आवश्यक प्रक्रिया पूरा गरी विधेयकलाई संसद्मा लैजाने तयारी गर्ने भएको छ। विधेयक संसद्मा पुगेपछि कर्मचारीको सेवा अवधि र उमेरहदसम्बन्धी प्रस्तावले औपचारिक रूपमा संसदीय बहसको प्रवेश पाउनेछ। विधेयकमा कर्मचारीको सेवाअवधि अधिकतम ३० वर्ष र उमेरहद ५५ वर्ष कायम गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। यही प्रावधानका कारण विधेयक लामो समयदेखि कर्मचारी वृत्तमा चर्चाको विषय बनेको थियो ।
    कानुन मन्त्रालयमा विधेयक रोकिएपछि यसको ‘३०–५५’ व्यवस्था कार्यान्वयन हुने–नहुनेमा अन्योल देखिएको थियो। तर कानुनी परीक्षणपछि उक्त प्रावधानमा कुनै फेरबदल नगरी अघि बढाउन सकारात्मक राय प्राप्त भएपछि विधेयक संसद्मा जाने बाटो खुलेको हो । अब सामान्य प्रशासन मन्त्रालयले विधेयकलाई मन्त्रिपरिषद् हुँदै संघीय संसद्मा पेस गर्ने प्रक्रिया अघि बढाउनेछ । संसद्बाट विधेयक पारित भई कानुनको रूप लिएपछि मात्रै प्रस्तावित ३० वर्षे सेवाअवधि र ५५ वर्षे उमेरहद कार्यान्वयनमा आउनेछ ।

    अब अर्थ मन्त्रालयको राय आवश्यक ।

    ३०-५५ को व्यवस्था पुन: अर्थ मन्त्रालयसम्म पुग्नुको मुख्य कारण त्यससँग जोडिएको आर्थिक दायित्व हो। हाल निजामती सेवामा अनिवार्य अवकाशको उमेर ५८ वर्ष छ। यसअघि छलफलमा आएको प्रस्तावमा ५८ वर्षमा अवकाश हुने कर्मचारीलाई ५५ वर्षमै अवकाश दिँदा तीन वर्ष सेवा अवधि थप गरी पेन्सन गणना गर्नेलगायत विषयसमेत समावेश भएको बताइएको थियो।

    यसको अर्को पाटो रिक्त हुने पदमा पुन: पदपूर्ति गर्नुपर्ने अवस्था हो। एकातर्फ अवकाश हुने कर्मचारीको निवृत्तिभरण दायित्व र अर्कोतर्फ रिक्त पदमा नयाँ जनशक्ति व्यवस्थापन गर्नुपर्ने भएकाले ३०-५५ लाई कर्मचारी संख्या घटाउने विषयका रूपमा मात्रै हेर्न नहुने तर्कसमेत प्रशासनिक वृत्तमा उठ्दै आएको छ। यही कारण प्रस्तावित व्यवस्था कानुनी रूपमा स्वीकार्य छ कि छैन भन्ने परीक्षणसँगै त्यसलाई राज्यले आर्थिक रूपमा धान्न सक्छ कि सक्दैन भन्ने विषयमा अर्थ मन्त्रालयको स्पष्ट राय आवश्यक देखिएको हो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट बनेका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण

    रवि–बालेनबीच बुधबार बिहान लामिछाने निवास बुढानिलकण्ठमा भेटवार्ता ।

    जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापा बारे संसदीय समितिले थप अनुसन्धान गर्दै ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    साउदी अरेबियामा ड्रोनको अवशेष लागेर एक नेपाली नागरिक सहित २ जनाको मृत्यु ।

    आज विजया दशमीको दिन, टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Main News

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट बनेका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट बनेका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण २०८३…

    रवि–बालेनबीच बुधबार बिहान लामिछाने निवास बुढानिलकण्ठमा भेटवार्ता ।

    व्यवसाहीको वार्षिक कारोबार हेरेर ग्यासको खुद्रा बिक्रीमा प्यान बिल पनि प्रयोग गर्न सक्ने : प्रवक्ता, नेपाल आयल निगम

    जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापा बारे संसदीय समितिले थप अनुसन्धान गर्दै ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना