आइतबार साँझ बालुवाटारमा बालेन–रवि भेट ।
२०८३ साउन २५, सोमबार ।
पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रबि लामिछानेबीच राजनीतिक दूरी बढेको चर्चा भइरहेका बेला हिजोआइतबार साँझ बालुवाटारमा करिब एक घण्टा भेटवार्ता भएको छ । प्रधानमन्त्री साहलाई भेट्न लामिछाने प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । स्रोतका अनुसार भेटमा सरकार र पार्टीबीचको समन्वय, सरकारको कामकारबाही तथा आगामी राजनीतिक रणनीतिबारे विस्तृत छलफल भएको थियो । केही समयअघि प्रधानमन्त्री साहले सामाजिक सञ्जालमार्फत आफूले अपेक्षित सहयोग नपाएको संकेत गर्दै एक्लिएको आशय व्यक्त गरेका थिए । उनको उक्त अभिव्यक्तिप्रति लामिछाने असन्तुष्ट रहेको रास्वपा स्रोतको दाबी छ ।
रास्वपाकै सांसदहरूले संसद्मा सरकारको कामकारबाही, जनजीविका र सार्वजनिक सरोकारका विषयमा प्रश्न उठाउँदै आलोचना गर्दै आएका छन् । सांसदहरूको यस्तो भूमिकाप्रति प्रधानमन्त्री साह पक्ष असन्तुष्ट रहेको स्रोतको भनाइ छ । आइतबारको भेटमा भने दुवै नेताबीच देखिएको असमझदारी घटाउँदै सरकारलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइएको छ । स्रोतका अनुसार मन्त्रीहरूको कार्यसम्पादन समीक्षा, आवश्यक परे मन्त्रिपरिषद् हेरफेर गर्ने तथा सरकार सञ्चालनलाई प्रभावकारी बनाउने विषयमा समेत कुराकानी भएको थियो ।
त्यस्तै, केही राजनीतिक नियुक्ति, प्रधानमन्त्री साहको प्रस्तावित भारत भ्रमण र सभापति लामिछानेको आगामी चीन भ्रमणका विषयमा पनि छलफल भएको बुझिएको छ । भेटवार्तामा प्रधानमन्त्रीको सचिवालयका कुनै पनि सदस्य सहभागी नभएको बताइएको छ । स्तै आज दिउसो भारत र चीनका राजदुतलाई एक्ला एक्लै भेट हुने कार्यक्रम छ ।


