प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयद्धारा कर्मचारीहरुको नयाँ तलब स्वीकृत ।
२०८३ साउन २१, बिहीबार ।
अर्थ मन्त्रालयले साउन ६ गते पठाएको नयाँ तलबमान क्याबिनेटले १५ दिनपछि स्वीकृत गरेर पठाएको हो । नयाँ तलबमान अनुसार अब सबैभन्दा बढी मुख्य सचिवले ९० हजार ५ सय ९४ रुपैयाँ तलब पाउनेछन् भने सबैभन्दा कम प्रथम स्तरका कार्यालय सहयोगीले २८ हजार ९ सय ८४ रुपैयाँ पाउनेछन् ।त्यस्तै, नेपाली सेनाका प्रधान सेनापतिले पनि मुख्यसचिव सरह तलब पाउँदा प्रहरी महानिरीक्षकको तलब ८४ हजार ५ सय ७६ रुपैयाँ हुनेछ ।अर्थमन्त्री स्वर्णिम वाग्लेले साउनदेखि लागु हुनेगरी कर्मचारीको तलबमा १० प्रतिशत र प्रोत्साहन भत्ता भनेर १० प्रतिशत बृद्धि गरेका थिए । पेन्सनधारीको हकमा भने अब १० प्रतिशत बृद्धि हुनेछ ।
शिक्षकहरुको बढेको तलब के होला भन्ने थियो ?
सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको हकमा माध्यमिक तह ९प्रथम श्रेणी० को तलब ७४ हजार ९ सय ५८ रुपैयाँ पुगेको छ भने प्राथमिक तहका शिक्षकहरूको न्यूनतम तलब ३४ हजार ४ सय २६ रुपैयाँ कायम भएको छ । स्वास्थ्य सेवातर्फ अधिकृत बाह्रौँ तहको तलब ८४ हजार ५ सय ७६ रुपैयाँ पुगेको छ ।
संवत्-२०८३-साल-साउन-१-गते-देखि-लागु-हुने-राष्ट्रसेवक-कर्मचारीहरूको-तलबमान_7mo3s6t


