सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद् बैठक जारी ।
२०८३ साउन १४, बिहिबार ।
सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद् बैठक बसिरहेको छ । आज बिहिबार बिहान ११ः३० मा बस्ने गरी परिषद्का अध्यक्ष प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानमन्त्री बनेपछि पहिलोपटक आज बैठक परिषदको बैठक आब्हान गरेका छन । मुख्य एजेन्डामा सुनसरीको देवानगञ्ज गोलीकाण्ड र विभिन्न जिल्लामा उत्पन्न परिस्थिति र समसामयिक विषय को प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सदस्यहरू गृहमन्त्री सुधन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले, मुख्य सचिव गोविन्द कार्की, प्रधान सेनापति अशोक सिग्देल र रक्षा सचिव सहभागी छन् ।
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा चल्दै ।
1 Min Read


