Close Menu
    What's Hot

    राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि सबै दलहरू एकताबद्ध रहेको सर्वदलीय बैठकको सन्देश ।

    प्रा. डा. गोविन्द केसी र नेपाल सरकारबीच सोमबार ७ बुँदे सहमति ।

    सुनसरीमा प्रहरीले भिड नियन्त्रण गर्न नसकेपछि सेना परिचालन ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १३ श्रावण २०८३, बुधबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १३ श्रावण २०८३, बुधबार

    साउन ८ गते भएको एमबीएस प्रश्नपत्र लिक प्रकरणमा ‘सुलभ सर’ सहित दुई जना पक्राउ ।

    July 26, 20263 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    साउन ८ गते भएको एमबीएस प्रश्नपत्र लिक प्रकरणमा ‘सुलभ सर’ सहित दुई जना पक्राउ ।
    २०८३ श्रावण १०, आइतबार ।
    साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही समयमै प्रश्नपत्र बाहिरीएको विषय मिडियामा आए पछि बहसको विषय बनेको थियो । त्यस दिन ‘सुलभ सर’ भन्ने ह्वाट्सएपबाट दिउँसो १२ः०५ मिनेटमा ग्रुपमा एउटा फाइल शेयर हुन्छ जुन फाइल अर्गनाइजेशनल बिहेबियर’ विषयको प्रश्नपत्र हुन्छ ।
    उक्त प्रश्नपत्र आउनेबित्तिकै विद्यार्थीहरूले ह्वाट्सएप ग्रुपमा छलफल गर्न थालेको देखिन्छ । ‘सर सोलुसन नि पठाइदिनुन,’ एक विद्यार्थीले प्रश्नपत्र ग्रुपमा आएको एक मिनेटमै रिप्लाइ गर्छन् । यसको जवाफमा सुलब सरले भन्छन् – हस् । त्यसपछि ती विद्यार्थीले ‘पेपर–वाइज’ भन्दै रिप्लाई गर्छन् । अनि अडियो मेसेज पनि त्यसमा आएको देखिन्छ । विद्यार्थीहरुबीच अनेक जिज्ञासामा सवालजवाफ हुन्छ । एक विद्यार्थीले उत्साही हुँदै ३० मिनेट ढिलो गर्दा परीक्षा हलमा छिर्न दिने, नदिने व्यवस्थाबारे जिज्ञासा राख्छन् । यदि यस्तो कसैले गरेको भए रिप्लाई दिन अनुरोध गर्छिन् ।

    लगत्तै अर्की विद्यार्थीको जवाफ आउँछ – डिपेन्ड्स अपन सेन्टर जस्तो लाग्छ । अर्थात्, परीक्षा केन्द्रअनुसार फरक पर्नसक्ने संकेत उनले दिन्छिन् । यसरी विद्यार्थीबीच गन्थन चल्दै गर्दा सुलब सरले केही फोटोहरु फर्वाड गर्छन् । केही समयमा फर्वाड गरेको उक्त फोटोमा विद्यार्थीले मागेअनुसार प्रश्नका उत्तरहरु हुन्छन् । त्यसपछि उत्साही विद्यार्थीलाई के चाहियो ? अर्का एक विद्यार्थीले तुरुन्तै रिप्लाई गर्दै लेख्छन् – अब इको ९अर्थशास्त्र० मा ढिला जानुपर्ला सर । क्वेसन (प्रश्न) हाल्दिनु होला त यसरी ।’

    यसरी त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज ९एमबिएस० प्रथम सेमेस्टरको प्रश्न पत्र बाहिरिएको खुलेपछि सामाजिक सञ्जालमा यो विषय चर्चामा छ । ‘एमबिएस फ्रस्ट सेम सेक्सन सी’ नामको ह्वाट्सएप ग्रुप नै परीक्षा सुरु भएको केही समयमै प्रश्नपत्र पठाउने र त्यसपघि पनि महत्वपूर्ण प्रश्नहरु र सोलुसन्न पठाउने देखिएको छ ।

    प्रश्नपत्र बाहिरिएपछि विभिन्न विद्यार्थी संगठन र त्रिविसम्बद्ध ग्रुपहरुले यसमा आपत्ति जनाएको थियो । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय डीनको कार्यालयले त साइबर ब्युरोलाई पत्राचार नै गर्‍यो । सहायक डीन डा. भरत राईले साइबर ब्युरोलाई आधिकारिक रूपमा पत्राचार गरेका थिए । प्रश्नपत्र बाहिरिएको विषयबारे डिन कार्यलयको ध्यानाकर्षण भएको बताउँदै साइबर ब्युरोमा छानबिनको लागि अनुरोध गरिएको थियो ।

    एमबीएसको प्रश्नपत्र बाहिरिएको घटनाको छानबिनको लागि छानबिन समितिसमेत गठन गर्‍यो ।
    परीक्षा नियन्त्रण महाशाखाले आइतबार यही घटनाको छानबिन गर्नका लागि प्राडा अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समितिसमेत गठन गरेको हो । अनुगमन निर्देशनालयका उप निर्देशक सह प्रा.डा पुष्कर रैखला र केन्द्रीय परीक्षा संचालक समितिका सदस्य सह प्रा.डा महेशराज ओझालाई सदस्यको तोकिएको छ । उक्त समितिलाई छानबिन गरी सत्यतथ्य निरूपण गरी सात कार्यदिन भित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ ।

    व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइसकेको छ । प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग गएराति नै छलफल गरेका थिए । छलफलमा शिक्षामन्त्री पोखरेलले प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नलाई तत्काल नियन्त्रणमा लिन निर्देशन दिएका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    सुनसरीमा प्रहरीले भिड नियन्त्रण गर्न नसकेपछि सेना परिचालन ।

    बहुप्रतिक्षित थानकोट र नागढुंगा जोड्ने सुरुङमार्ग आजबाट सञ्चालनमा ।

    भारतमा आन्दोलनकारीको दबाव पछि दिए शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा ।

    भरत ताल फन पार्क निमार्णमा अनियमितता भएको ठहर –मधेश प्रदेशका पूर्वअर्थमन्त्री र सचिवसहित भ्रष्टाचार मुद्दा दायर ।

    राधिका दासीको उजुरी पछि पक्राउ परेकी वेदिका केसीलाई छाडियो ।

    हिजो बसेको मन्त्रिपरिषदको बैठकले गणेश नेपाली घटनाः आत्मदाह घटनाको सत्यतथ्य छानबिन गर्न न्यायिक समिति गठन ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    Don't Miss

    राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि सबै दलहरू एकताबद्ध रहेको सर्वदलीय बैठकको सन्देश ।

    राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि सबै दलहरू एकताबद्ध रहेको सर्वदलीय बैठकको सन्देश ।…

    प्रा. डा. गोविन्द केसी र नेपाल सरकारबीच सोमबार ७ बुँदे सहमति ।

    सुनसरीमा प्रहरीले भिड नियन्त्रण गर्न नसकेपछि सेना परिचालन ।

    बहुप्रतिक्षित थानकोट र नागढुंगा जोड्ने सुरुङमार्ग आजबाट सञ्चालनमा ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना