जिल्ला प्रशासन कार्यालय काठमाण्डौ, काठमाण्डौ महानगरपालिका र गणेश नेपालीका पीडित परिवारबीच सहमति ।
२०८३ असार २८, आइतबार ।
काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि असार २६ बिहीबार गते गणेश नेपालीले आत्मदाहको प्रयास गरेका थिए । आत्मदाहको कारण ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवारसँग सरकारले ९ बुँदे सहमति भएको छ । भोलिपल्ट असार २७ गते शुक्रबार उपचारको क्रममा वीर अस्पतालको बर्न युनिटमा उनको निधन भएको थियो । नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा ९ बुँदे सहमति भएको छ । गणेश नेपालीको परिवारलाई उचित राहत प्रदान गर्ने, आश्रित छोरीको उच्च शिक्षासम्मको व्यवस्था गर्ने, श्रीमतीलाई रोजगारी उपलब्ध गराउने तथा घटनाको निष्पक्ष अनुसन्धान गर्ने विषयमा सहमति भएको हो ।
सहमति बुँदाहरु निम्न प्रकार रहेका छन

जिल्ला प्रशासन कार्यालय काठमाण्डौ, काठमाण्डौ महानगरपालिका र नेपालीका पीडित परिवारबीच सहमति ।
1 Min Read

