प्रधानमन्त्रीद्वारा उद्योग व्यवसायीसँग छलफल, निजी क्षेत्र उत्साहित
२०८३ असार २५, बिहिबार ।
व्यावसायिक मनोबलको खोजीमा रहेको नेपालको निजी क्षेत्र बुधबार प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेपछि उत्साही बनेको छ । भेटमा प्रधानमन्त्री शाहले सरकार व्यावसायिक वातावरण निर्माणमा प्रतिबद्ध रहेको जनाएपछि निजी क्षेत्र उत्साही बनेको हो । निजी क्षेत्रका प्रतिनिधिमूलक प्रमुख संस्थाका प्रमुख पदाधिकारीहरूलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आमन्त्रण गरी अन्तव्रिर्mया गर्दै प्रधानमन्त्री शाहले नेपालको निजी क्षेत्र मुलुकको अर्थतन्त्रलाई गति दिन नेतृत्वदायी भूमिका (ड्राइभिङ सिट) मै रहने बताउनुभयो । सरकार गठनपश्चात् पहिलो पटक भएको यो तहको छलफलमा प्रधानमन्त्री शाहको अभिव्यक्तिले आफूहरूमा थप उत्साह र सकारात्मक ऊर्जा थपेको सहभागी नेतृत्वले प्रतिव्रिmया दिएका छन् । सरकार गठनपश्चात्का प्रारम्भिक दिनमा सुशासनका गतिविधिमा केन्द्रित रहँदै आउनुभएका प्रधानमन्त्री शाहले समृद्धिकेन्द्रित गतिविधि बढाउने उद्देश्यका साथ बुधबार निजी क्षेत्रका प्रमुख छाता सङ्गठनका पदाधिकारीसँग छलफल गर्नुभएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने विषयमा विस्तृत छलफल गर्नुभएको थियो । यी विषयमा निजी क्षेत्र सरकारको महìवपूर्ण साझेदार रहेको प्रधानमन्त्री शाहको भनाइ थियो । यसबाहेक निजी क्षेत्रका लागि नीतिगत तथा प्रव्रिmयागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्ने विषयमा प्रधानमन्त्रीले विस्तृत छलफल गर्नुभएको सचिवालयले जनाएको छ । “प्रधानमन्त्री शाहले देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सिर्जना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महìवपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो,” सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । नेपालको निजी क्षेत्र र अर्थतन्त्रले कोरोना महामारीपश्चात् करिब छ वर्षदेखि व्रmमिक रूपमा शिथिलता भोग्दै आएको हो । सुस्त आर्थिक वृद्धिदर, बजारमागमा कमी, नयाँ लगानी अभाव हुँदै अन्ततः खस्केको मनोबल बोक्दै आएको समीक्षा हुने गरेको छ । बैङ्क तथा वित्तीय संस्थामा पर्याप्त लगानीयोग्य पुँजी र ऋणको ब्याजदर ऐतिहासिक रूपमै न्यून रहँदा पनि ठुला तथा नयाँ लगानी सिर्जना हुन सकेको छैन । जेनजी आन्दोलनका व्रmममा भएको क्षतिपश्चात् निजी क्षेत्रले आफ्नो मनोबल खस्केको अभिव्यक्ति दिँदै आएका छन् । यो परिस्थितिलाई चिर्ने मनसायसहित प्रधानमन्त्री स्वयम्ले निजी क्षेत्रसँग संवादमा सरिक हुँदा निजी क्षेत्रले उत्साहको अनुभव गरेको हो ।
“सरकार गठन भएको लामो समयपछि प्रधानमन्त्रीज्यूसँग धेरै राम्रो छलफल भयो,” नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले भन्नुभयो, “हामीले भोग्दै आएका समस्या र समाधानका विषयका छलफलका अतिरिक्त निजी क्षेत्र अर्थतन्त्रमा ड्राइभिङ रोलमै रहन्छ भन्नेलगायत प्रधानमन्त्रीका विचारले नयाँ उत्साह थपेको छ ।” अग्रवालका अनुसार प्रधानमन्त्री शाहले निजी क्षेत्रमाथि धरपकड गर्ने सरकारको कुनै नीति नरहेको स्पस्ट पार्नुभएको थियो । छलफलमा सहभागी उद्यमी व्यवसायीहरूले आर्थिक अपराधका मुद्दामा अग्रिम जमानतको कानुनी व्यवस्था, प्रव्रिmयागत जटिलता हटाउने गरी फास्ट ट्र्याकमा कानुन संशोधन, समस्या समाधानमुखी सनसेट ल (आवधिक कानुन) लगायत आवश्यकताबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएका थिए ।

